तेल अभिव माघ २८,
आफ्नो धर्म संस्कृति जोगाउ , आफ्नो धर्म प्रति गर्व गरौँ :
हिन्दुजागरण नेपाल अभियान इजरायलले धार्मिक प्रवचन तथा श्री स्वस्थानी शिवरात्री कार्यक्रमको आयोजना गरेको हुँदा इज़रायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
उक्त पवित्र कार्यक्रम यहीं आउँदो हप्ता शुक्रबार १३ तारिकका दिन तेल अभिव कार्यक्रम तेल अभिव शहरको सेन्टर बस स्टेसन (तखाना मर्काजित) को तेस्रो तलामा सेल्फी हलमा अपराहन्न ४:३० बजे बाट सुरु हुनेछ र रातको ११ बजे सम्म संचालन हुनेछ ।
,,,,,,,,,,,,,,,, RE-POST ,,,,,,,,,,,,,,,,,
नारीदर्पण : बैदेशिक रोजगारको सिलसिलामा इज़रायलमा स्थापित हिन्दुजागरणनेपाल अभियान इजरायल धार्मिक संस्थाले यहि आउँदो महिना १३ फेब्रुवरी २०१५ मा एक भव्य कार्यक्रम को आयोजना गर्दैछ ।
'' धर्मद्वारा समाजको रुपान्तरण, धर्मान्तरण विरुद्द हाम्रो अभियान” भन्ने नाराका साथ् हिन्दु धर्मालम्वीहरु द्वारा नेपालका प्राचिन धर्महरु हिन्दु, वौद्द, किराँत, वोन्पो, लगायका धर्म तथा संस्कृतिहरुको संरक्षणको गर्ने हेतु हिन्दु जागरण अभियानका महाअभियन्ता सुपरिचित तथा सुप्रसिद्ध भागवताचार्य आध्यात्मिक शिरोमणी गुरुदेव रामकृष्ण उपाध्यायको विशेष आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न हुने छ ।
हिन्दुजागरणनेपाल अभियान इजरायल को विशेष आग्रहमा नेपाल बाट भागवताचार्य आध्यात्मिक शिरोमणी गुरुदेव आउनुहुने भएको छ उक्त भव्य धार्मिक कार्यक्रममा उहाँ द्वारा सुन्दर धार्मिक प्रवचन पनि हुनेछ । कार्यक्रम तेल अभिव शहरको सेन्टर बस स्टेसन (तखाना मर्काजित) को तेस्रो तलामा सेल्फी हलमा अपराहन्न ४:३० बजे बाट सुरु हुनेछ र रातको ११ बजे सम्म संचालन हुने सम्बन्धित स्रोतले जनाएको छ ।
मध्यपुर्व इज़रायललाइ आफ्नो कर्म क्षेत्र बनाइ कार्यरत नेपालीहरुले आफ्नो संस्कृति, धर्म र संस्कारको संरक्षणत्व स्थापित '' हिन्दु जागरण नेपाल अभियान इजरायल '' समस्त नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ साथै महागुरु द्वारा हुने धार्मिक प्रवचन श्रवण गर्न उपस्थित भै आध्यात्मिक ज्ञान लिन अनुरोध छ ।
प्रावासमा रहेर पनि '' हिन्दु जागरण नेपाल अभियान इजरायल '' ले आफ्नो सनातन धर्मलाई संरक्षण गर्दै समय समयमा भजन,किर्तन पुजा-आज्ञा तथा विभिन्न धार्मिक कार्यहरु गर्दै आएको छ ।
उक्त, कार्यक्रम सम्बन्धि कुनै पनि जानकारीका लागि सम्पर्क न;
हिन्दु जागरण अभियान इजरायका :
राम भण्डारी – ०५४७८५८७५२,
उमा ढकाल – ०५४२१३०५९४,
सुमित्र भण्डारी, ०५५६६०८४१५
नोट:
१३ फरबरी शुक्रबार २०१५ मा बृहत धार्मिक कार्यक्रम हुनेछ र भोलि पल्ट शनिबार १४ तारिक विहान इज़रायलकै रमणीय, होचो , पर्यटकीय स्थल मृत सागर, जेरुसलेम (राजधानी) र मिनी इज़रायलको भ्रमण हुनेछ र साथमा महागुरु रामकृष्ण उपाध्याय पनि जानुहुने छ ।
भ्रमण जाने :
मिती: १४ तारिक फेब्रुवरी २०१५ , शनिवार .
समय: विहान ५ वजे , लेभिन्सकी चिल्ड्रेन पार्कमा भेला हुनु पर्ने छ ।
फर्किने : साँझ ५ वजे
भ्रमण शुल्क मात्र १०० सेकेल र साथै भ्रमण गरिने ठाउँहरुको नियम्नुसार दिनु पर्ने छ ।
कुनै पनि जानकारीको लागि सम्पर्क :
1 भक्ति सापकोटा –0542641687
2 उमा ढकाल– 0542130594
3.कोपिला देवकोटा –0548196718
4.राम भण्डारी– 0547858752
5 राधा बास्तोला– 0542859409
6 नितु कार्की –0542297937
7 रन्जना के सी– 0547918852
8 कमल ढुंगेल– 0532789785
9 सुमित्रा भण्डारी –0556608415