तेल अभिव माघ २८,
श्री जनज्योति प्राथमिक विद्यालय त्रिपुरेश्वर-२ सुकौरा, धादिंगको विद्यालय भबन निर्माणार्थ सहयोग अभियान चलिरहेको छ । जहाँ बिद्यार्थीहरु आकाशको छानो मुनि पढ्न बाध्य छन् ।
स्कुलको भवन अत्यन्त जिर्ण अबस्थामा रहेको छ । छानोको रुपमा खुल्ला आकाश यस्तो नाजुक स्थितिमा बिद्यार्थीहरु अध्यन गर्न बाध्य छन् । हिउस्मा जसोतसो चलेको छ तर अब बर्खामा पर्ने समस्यले धेरैलाई चिन्तित तुल्याएको अबस्थालाई ध्यान दिई उक्त स्थानकै बिष्णु सिम्खडाले इज़रायलमा कार्यरत सम्पूर्ण नेपाली माझ सहयोगको अभियान लिएर आउनु भएको छ ।
सम्बन्धित समाचार बाहिर आएपछि सहयोगी मनहरु द्वारा सहयोग जुट्ने क्रम जारीरहेको छ । त्यस्तै परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले पनि उक्त विद्यालयको लागि रु ४ लाख सहयोग दिने घोषणा गरिसके छ । उक्त स्कुल निर्माणको लागि सात लाख लाग्ने पुर्व अनुमान छ । यसैले ती रहर लाग्दा बच्चाहरुको उज्जल भविष्यका लागि तपाइँ हामी एक हौँ । आजका बच्चाहरु नै भोलिका देशका कर्ण धार हुन् , उनीहरुको सुन्दर भविष्य निर्माणार्थ तपाईं हामी जति सक्छौ सहयोग गरौँ ।
सहयोग सम्बन्धि कुनैपनि कुराको जानकारी लिन चाहनु भने निम्न टेलिफोन मा सम्पर्क गर्न सक्नुहुने छ :
बिष्णु सिम्खडा - ०५०६४२६०७०