लम्की (कैलाली), २८ माघ ,
बस्ती नै खाली हुने गरी रोजगारीको खोजी गर्दै कैलालीका वादी महिलाहरु भारततिर लागेका छन् । सरकारले बस्नका लागि घर निर्माण गरिदिए पनि परिवारको छाक टार्नका लागि कैलालीको धनसिहपुर–२ मा रहेको विष्णु कान्तिपुरका वादी बस्ती नै खाली गरी भारत जान थालेका हुन् ।
यहाँ बसेर दैनिक छाक टार्न समस्या भएका कारण रोजगारीको खोजी गर्दै भारत जान थालेको उनीहरुले बताएका छन् । बस्तीमा रहेका करिब ९० प्रतिशत युवायुवती रोजगारीका लागि भारत गएको उमेश वादीको बताउनुभयो । वादी बस्ती अहिले बालबालिका र बुढापाका मात्र रहेका छन् ।
सरकारले यसअघि सो बस्तीमा ५० वटा घर निर्माण गरेको थियो । वादी युवा गासका लागि भारत गएका कारण करिब आधा दर्जन घर बन्द रहेको रेखा नेपाली वादीले बताइन् । सरकाले घर बनाइदिएपछि कच्चीघरमा बस्दा बर्सेनि आउने बाढी भत्काइदिने गरेको र बर्सेनि मर्मत गर्नुपर्ने समस्या टरेको उमेश वादीको भनाइ छ । रासस :