आधुनिक गीतका म्युजिक भिडियोहरु बिमोचन

गायक पुस्कर सुनुवारको ''मायाले'' नामक आधुनिक गीति एल्बमबाट "मायाले सारै रुवाउदो रैछ...." र जीवन लुइटेलको "प्रियसी" नामक एल्बमबाट एड्रिन प्रधानको स्वरमा रहेको "होशमा हुनेहरूलाई के थाहा बेहोसीको मजा" बोलको गीतहरूको म्युजिक भीडियोहरू बरिष्ठ संगीतकार सुरेश अधिकारी ज्युको हातबाट बिमोचन भएको छ ।

बरिष्ट संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा काठमाडौँ को नया बानेश्वरस्थित फ्रेन्डशिप क्याफेमा आयोजित म्युजिक भिडियो बिमोचन कार्क्रममा बिशिस्ट व्यक्तित्व, संगीतकIर,कलाकार, रचनाकार, विभिन्न क्षेत्रका संचारकर्मी लगायत संगीतप्रेमी महानुभावहरूको उपस्थित रहेको थियो ।
दुवै म्युजिक भीडियोको निर्देशन "किमोस खेम"ले गर्नुभएको छ ।

"मायाले सारै रुवाउदो रैछ" बोलको गीतमा शब्द खेम विश्वकर्मा र संगीत तथा संगीत संयोजन गायक स्वयम सुनुवार कै रहेको छ ।

चर्चित भीडियो सम्पादक ओम प्रसाद प्रसाई को छायांकन र सम्पादन रहेको उक्त म्युजिक भीडियोमा जनक बास्तोला, गुञ्जन मगर र निलम नगरकोटीको अभिनय रहेको छ . युवा गीतकार जीवन लुइटेलको रचना र चर्चित गायक एड्रिन प्रधान को श्वरमा रहेको "होशमा हुनेहरूलाई के थाहा बेहोशिको मजा" बोलको गीतलाई संगीतकार कल्याण सिंहले संगीतबद्ध गर्नुभएको छ भने गोपाल रसाइलीले संगीत संयोजन गर्नुभएको छ. सूर्यदीप घतानेको कोरियोग्राफिरहेको उक्त म्युजिक भीडियो को छायांकन बिदुर पाण्डेले गर्नुभएको छ भने सम्पादन निशान घिमिरेले गर्नुभएको छ. जसमा रंजन रिजाल र मलिना जोशी को अभिनय रहेको छ ।


कार्यक्रममा " इण्टरट्रेनर राजु श्रेष्ठ"ले दुवै म्युजिक भीडियोको समिक्षा गर्नुहुदै भीडियोहरू नेपाली समाजलाई सकारात्मक संदेश दिने गरी बनेको विचार व्यक्त गर्नुभयो. उहाले समीक्षाको क्रममा मायाले सारै रुवाउदो रैछ बोलको म्युजिक भीडिओ हेर्दा आफ्नो आँखा रसाएको बताउनु भयो . भीडियोलाई नियाल्दा एउटा सुन्दर फिचर फिल्मनै बनेको जस्तो अनुभूति भएको र यस म्युजिक भीडियोमा निर्देशक "किमोस खेम" र सिनेम्याटोग्राफ़र तथा सम्पादक ओम प्रसाद प्रसाईले आफ्नो सुन्दर खुबी प्रस्तुत गर्नुभएको बताउनु भयो ।

होशमा हुनेहरूलाई के थाहा बेहोशी को मजा बोलको म्युजिक भीडियो को सन्दर्भमा समिक्षा गर्दै समिक्षक इण्टरट्रेनर राजु श्रेष्ठले गीतकारका छोटा तर गहकिला शब्दहरूले सजिएको गीतको भीडियो पृथक शैलीको रहेको बताउनु भयो ।

करिब दिनको १२:०० बजेबाट गायक पुस्कर सुनुवारको बेजोड प्रस्तुतिसँगै ७० जनाको भब्य उपस्थितिमाझ शुरु भएको उक्त कार्यक्रम दिनको ३:३०सम्म जोडदार ढंगले चलेको थियो .
म्युजिक भीडियोका निर्देशक "किमोस खेम"ले विमोचित म्युजिक भीडियोको सन्दर्भमा कुरा राख्दै नेपाली समाजलाई नयाँ संदेश दिने हिसाबले पृथक र सकारात्मक शैलीका भीडियो बनाउन कोशिस गरेको कुरा उल्लेख गर्नुभयो . म्युजिक भीडियो को टीमलाई धन्यवाद दिदै निर्देशक किमोसले कुनै पनि गीत भन्नासाथ गायकलाई मात्र सम्झने परम्पराको अन्त्य गर्दै गीतकार, संगीतकार र एरेन्जरलाई समेत उत्तिकै महत्व र सम्मान दिनुपर्ने विचार राख्नुभयो ।

सन्ध्या म्युजिक प्रा.लि.का प्रबन्धक श्रीसुनिल राइको अध्यक्षतामा सदिक्षा बास्तोलाले संचालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बरिस्ठ संगीतकार श्रीसुरेश अधिकारी ज्युले म्युजिक भीडियोको मुक्त कण्ठबाट प्रशंसा गर्दै आगामी दिनमा आफ्नो गीतको म्युजिक भीडियो समेत सन्ध्या म्युजिक प्रा.लि.को टिमसँग गर्ने इच्छा रहेको बताउनु भयो । अन्त्यमा जलपान कार्यक्रमसँगै कार्यक्रमका सभाध्यक्ष सुनिल राइले समारोहको समापन गर्नुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com