६ बर्षको प्रेम फिका हुँदै गएपछि जबजस्ती करनीको मुद्धा I

भक्तपुर, २५ मङ्सिर,

काभे्रपलाञ्चोक जिल्ला साँगा-५ बस्ने २३ वषर्ीया अन्जु -परिवर्तित नाम) र पर्सर्ााहादेवपट्टी-१ घर भई भक्तपुर नगरपालिका-१५ बस्ने २४ वषर्ीय दयानन्द चौधरीबीच छ वर्षेखि प्रेम सम्बन्ध कायम थियो ।

यो बीचमा उनीहरुबीच आपसी सहमतिमा कयौँपटक शारीरिक सम्बन्ध कायम भएको दुवैले स्वीकार पनि गरेका छन् तर गत भदौ २६ गते चौधरीले जबर्जस्ती करणी गरेको भन्दै घटनाको चार दिनपछि भक्तपुर प्रहरीमा अन्जुले किटानी जाहेरी दिइन् ।

प्रहरीले चौधरीलाई पक्राउ गर्‍यो । हाल चौधरी पर्ुपक्षका लागि जेल चलान भएका छन् । प्रहरी स्रोतका अनुसार चौधरी बिस्तारै अन्जुदेखि टाढिन थालेपछि दर्ुइबीच खटपट सुरु भएको थियो । अन्तमा अन्जुले जिल्लास्थित महिला अधिकारकर्मीको सहयोगमा चौधरीविरुद्ध जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन । घटनाको दिनमा पनि दुवैजना पाटनको एक स्थानमा भेट भई चौधरीकै मोटरसाइकलमा अन्जु भक्तपुरस्थित चौधरीको डेरामा पुगेर यौन सर्म्पर्क गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यस्तै काभे्र बालुवापाटीकी २१ वषर्ीया एक युवती र सिन्धुपाल्चोक ठूलोपाखर घर भई भनपा-१६ घलाँटे बस्ने २४ वषर्ीय विनोद तामाङबीच फोनमा कुराकानी हुने गरेको लामो समय भइसकेको थियो । यसैबीच गत भदौमा युवतीकी आमा बिरामी भई भक्तपुर अस्पतालमा उपचारका लागि आएकाबेला ती युवतीको तामाङसित प्रत्यक्ष भेट भयो । सहमतिमै युवती तामाङको कोठामा गई रात बिताए तर घटनाको दर्ुइ हप्तापछि जबर्जस्ती करणीको उजुरी गरिन् । तामाङ अहिले पर्ुपक्षका लागि जेल चलान भएका छन् ।

मध्यपुर थिमी नगरपालिका-७ डेरा लिई बस्ने सुन्तली -परिवर्तित नाम) र सिन्धुपाल्चोक जिल्ला मगाम-७ बस्ने शेरबहादुर तामाङ नातामा देवर भाउजु हुन् । सुन्तलीका पति लामो समयदेखि वैदेशिक रोजगारमा छन् । देवर भाउजुबीच पटक-पटक शारीरिक सम्बन्ध कायम भएको दुवैले सकारेका पनि छन् । गत असार २४ गते पनि भाउजुकै अनुरोधमा मदिरापान गरेर शेरबहादुर सुन्तलीको कोठामा गए र त्यही रात बिताए तर त्यसको पाँच दिनपछि देवरविरुद्ध सुन्तलीले जबर्जस्ती करणीको उजुरी महानगरीय प्रहरी वृत्त थिमीमा दर्ता गरिन् । स्रोतका अनुसार उनी देवरविरुद्ध र्सार्वजनिक अपराधबमोजिम कारबाहीको माग गर्दै उजुरी गर्न गएकी थिइन् तर वृत्तमा कार्यरत एक प्रहरीकै सल्लाहमा उनले शेरबहादुरविरुद्ध जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता गरेकी थिइन् ।

मुद्दा अदालतमा पुग्यो । भक्तपुर जिल्ला अदालतले शेरबहादुरलाई पर्ुपक्षका लागि जेल चलान गर्ने आदेश दियो । सोहीबमोजिम शेरबहादुर थुनामा छन् ।
भक्तपुरमा पछिल्लो समय सहमतिमा कायम भएको शारीरिक सम्बन्धलाई पनि कानुनको सहारामा बलात्कारको घटनामा परिणत गर्ने परिपाटी विकास भएको छ । मनपरुन्जेल सम्बन्ध गाँस्ने तर मन नपरेपछि बलात्कारको आरोप लगाउने प्रवृत्तिले पुरुष कानुनको सिकार बन्दै गएका छन् ।
प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हर्ेदा कुनैपनि कोणबाट बलात्कार हुन नसक्ने घटनालाई बलात्कारअर्न्तर्गत मुद्दा चलाउनुपर्ने बाध्यता रहेको छ ।

अशक्त, उमेर नपुगेका बालिका हो भने जबर्जस्ती करणी हुन सक्दछ तर उमेर पुगेका बयस्क युवती, त्यसमाथि शिक्षित युवती यौन सर्म्पर्क भएको हप्ता दिनपछि बलात्कृत भएको भन्दै उजुरी गर्न आउनु आफैँमा शङ्कास्पद भएको प्रहरीको भनाइ छ । जबर्जस्ती भएकै हो भने प्रतिकारका केही सामान्य लक्षण हुनर्ुपर्छ, त्योसमेत नहुने गरेको प्रहरी बताउछन् । “बचाउका लागि चिच्याएको, झडप भएको केही हुँदैन, चोटपटक लागेको केही हुँदैन तर पनि जबर्जस्ती करणी गरेको आरोपमा केटालाई कारबाही गर्नुपर्ने अवस्था छ”, प्रहरी स्रोतले भन्यो ।

विभिन्न महिला अधिकारकर्मी र सङ्घ संस्थाको दबाब तथा पीडित पक्षको किटानी जाहेरीका कारण प्रहरीले आरोपी व्यक्तिमाथि मुद्दा चलाउनैपर्ने बाध्यता रहेको प्रहरी स्रोतले नाम उल्लेख नगर्ने र्सतमा बताए । बलात्कृत भएको भन्दै घटनाको केही दिनपछिमात्र प्रहरीमा उजुरी पर्नु नै आपसी सम्बन्धमा आएको असमझदारी भएको प्रहरीको भनाइ रहेको छ । “किटानी जाहेरी दर्ता नगर्दा अनावश्यक विवाद र अधिकारकर्मीको दबाब आउने भएकाले त्यस्ता घटनाको मुद्दा प्रक्रियामा जान प्रहरी बाध्य छ” स्रोतले भन्यो । यस्तो बेला पीडितको शारीरिक जाँच र यौन सर्म्पर्क भएको बेला स्खलन भएको विर्य जाँचलगायतमा समस्या आउने गरेको प्रहरी बताउँछन् ।

मुलुकी ऐनको जबर्जस्ती करणीसम्बन्धी महलमा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १६ वर्षन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबर्जस्ती करणी गरेको ठहर्ने’ उल्लेख गरिएको छ । सो महलको स्पष्टीकरण प्रयोजनमा ‘डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’ भनी उल्लेख छ । भक्तपुरमा गत वर्षात्र २८ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएका थिए । तीमध्ये २२ वटाको फैसला भइसकेको जिल्ला अदालतका स्रस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो । त्यस्तै यस आर्थिक वर्षो साउनदेखि यतामात्र अदालतमा बलात्कारका पाँच मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।

उहाँले कानुनमा स्पष्टसँग अनुचित प्रभाव र झुक्यानमा पारी लिएको मञ्जुरीलाई मञ्जुरी नमान्ने व्यवस्था गरेकाले प्रेमी प्रेमिकाबीच सहमतिमा भएको शारीरिक सम्बन्ध पनि जबर्जस्ती करणीमा जाने गरेको बताउनुभयो । बिहे गर्ने भनी झुक्याएर यौन सर्म्पर्क गरेको आरोपसहित उजुरी आउने र सोही बमोजिम प्रहरी प्रतिवेदन र आरोपीको साविती बयान हुने भएकाले अदालतले कानुन बमोजिम कारबाही गर्ने गरेको उहाँले बताउनुभयो । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com