म्याग्दी मङ्सिर २९,
म्याग्दीको भगवतीमा सम्पन्न निःशुल्क मुटुरोग तथा दन्त शिविरमा करिब दुई हजार सर्वसाधारण लाभान्वित भएका छन् ।
म्याग्दीको भगवतीमा सम्पन्न निःशुल्क मुटुरोग तथा दन्त शिविरमा करिब दुई हजार सर्वसाधारण लाभान्वित भएका छन् ।
शिविरमा एक हजार १०० मुटुरोग र ८०० दाँतसम्बन्धी समस्या भएका बिरामीले सेवा लिएको आयोजकले जनाएको छ । एकदिने मुटरोग र दुईदिने दन्त शिविरमा सात जटिल समस्या भएका मुटुरोगीको पहिचान भएको र उनीहरुलाई सहिद गङ्गालाल हृदय केन्द्रमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको आयोजक राखु समाज कल्याण समिति काठमाडाँैका सदस्य दीपेन्द्र रिजालले जानकारी दिए ।
सहिद गङ्गालाल हृदय केन्द्र काठमाडाँै र समाज डेन्टल केयर क्लिनिकको प्राविधिक सहयोगमा भएको शिविरमा म्याग्दीका विभिन्न गाविसका साथै बागलुङ, पर्वतबाट समेत आएका बिरामी र सर्वसाधारणले स्वास्थ्य उपचार सेवा लिएको शिविरका संयोजक दिलीपकुमार मल्लले बताए ।
शिविरमा सहिद गङ्गालाल हृदय केन्द्रका मुटुरोग विशेषज्ञ चिकित्सक रबि मल्ल, रामेशराज कोइराला, अनिल आचार्यलगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षणसँगै इसिजी र इकोलगायतको सेवासँगै निःशुल्क औषधि वितरण गरेको थियो भने समाज डेन्टल केयर क्लिनिकका चिकित्सक हीरा मल्ल नेतृत्वको टोलीले दाँतसम्बन्धी समस्या भएका बिरामीको उपचार गरेका थिए । रासस: