फलेवास (पर्वत) पुष १३,
पर्वतको विभिन्न गाविसका एक हजार ५०० भन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । पर्वत जिल्लामा गत वर्षदेखि सञ्चालित पर्वत सामुदायिक विकास परियोजनाको शिविरबाट एक हजार ५३२ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
पुस ९ देखि ११ गते तीनदिनसम्म छुट्टाछुट्टै स्थानमा सञ्चालित साधारण स्वास्थ्य परीक्षण शिविरमा जिल्लाको साविकको पाङ गाविसलगायत, लिमिठाना, भंगरा, भुक, देउराली र क्याङ गरी छ गाविसमा सञ्चालित २० विद्यालयका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
गुड नेवर्स इन्टरनेसनलको सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित परियोजनाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा सञ्चालित शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांश बालबालिकामा दाँतको समस्या देखिएको र मौसम परिवर्तनले केही बालबालिकामा चिसोको प्रभाव देखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा नारायण ओझाले जानकारी दिए । रासस :