अमेरिकामा नेपाली समुदायलाई निशुल्क दन्त उपचार सेवा I

मंगसिर २२ ,डिसी

विजय थापा : अमेरिकाको बिभिन्न शहरहरु मध्ये नेपाली समुदायको बाक्लो जन घनत्व भएको बोस्टनका नेपाली समुदायलाई नेपाली महिला बिश्व संजाल ( नेपाली वुमन ग्लोबल नेटवर्क ) को पहलमा डिसेम्बर ६ तारिख निशुल्क दन्त्य स्वास्थ्य शिबिर सेवा सफलता पुर्वक सम्पन्न गरेको छ ।

उक्त दन्त्य उपचार स्वास्थ्य शिबिर कार्यक्रममा डा गंगा सुबेदी पहाडी तथा डा समीरा सलारीले करिब ६० जना दात सम्बन्धि समस्या भएकाहरुलाई जाच गर्दै उपचार गर्नु भएको थियो ।  स्वास्थ्य शिबिर बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म चलेको एन डब्लु इ एनका सभापति रुकमणि कार्कीले बताइन ।
उक्त कार्यक्रममा बिमा संस्थाका तर्फबाट बिमा बारेमा जानकारी दिनुको साथै अप्रवासन सम्बन्धि प्रकाश पारेका थिए भने कसरि आबेदन भर्ने आदि कुराहरु पनि उक्त सिविरमा जानकारी गराईएको थियो ।

उपचार गराएर फर्किएका सहभागीले उक्त दन्त्य सिविर हरेक बर्ष आयोजना गरोस भनि आग्रह साथ अतिरिक्त सिविर पनि चलाउन सके राम्रो हुने सल्लाह दिएका थिए ।

सभापति रुकमणि कार्कीले अमेरिकामा दन्त्य उपचार निक्कै महंगो पर्ने भएकोले संस्थाले यस्तो कार्यक्रमको आयोजना गरि नेपाली समुदायले फाईदा उठाउन भन्ने उदेश्यले गरिएको जनाईन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com