पोखरा, २२ मङ्सीर,
रत्नचोक निवासी एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठले सन् २०१५ को अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
बीस वर्षघि लागुपदार्थको कुलतमा फसेका ५० वषर्ीय श्रेष्ठ लागुपदार्थ प्रयोगका क्रममा र्सर्ुइ साटासाटा गर्दा एचआइभी सङ्क्रमित बनेका हुन् । एचआइभी सङ्क्रमित व्यक्तिले पहिलोपटक सगरमाथा आरोहरण गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताइयो ।
सगरमाथा आरोहणका लागि करिब रु ४३ लाख खर्च लाग्ने भएपनि अहिलेसम्म करिब सात लाख सहयोग प्राप्त भएको जानकारी श्रेष्ठले दिनुभयो । उहाँका अनुसार यस अभियानका लागि बेलायतमा रहेका हरि कुमारबाट तीन लाख, भोजराज बरालबाट रु एक लाख ५० हजार, आफ्नै बाबु जुठेलाल श्रेष्ठबाट एक लाख र साढुदाई विष्णु श्रेष्ठबाट बीस हजार प्राप्त भएको छ । रासस