पोखरा मङ्सिर २१,
एघारौंँ महिला स्वयम्सेविका दिवसका अवसरमा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आज यहाँ आ–आफनो क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वयम्सेविकाहरुलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेहरूमा अर्घाखाँचीका सीमा श्रेष्ठ, गोरखाका राधिका कुमाल, कपिलवस्तुका मालती हरिजन, कास्कीका निर्मला गुरुङ, लमजुङका शान्ता सापकोटा, मनाङका गजकुमारी गुरुङ र मुस्ताङका माया परियार रहेका छन् ।
यस्तै, म्याग्दीबाट कविता के.सी, नवलपरासीबाट देवकला बराल, पाल्पाबाट विमला पाण्डे, रुपन्देहीबाट रुक्मा चौधरी, स्याङ्जाबाट कृष्णकुमारी अर्याल र तनहुँबाट हुमा दरै पनि पुरस्कृत भएकी छिन् । क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले उत्कृष्ट स्वयम्सेविकालाई पुृरस्कार प्रदान गर्र्दै स्वयम्सेविकाको निःस्वार्थ सेवा र सहयोगले नेपालले मातृ तथा शिशु मृत्युदर घटाउन सकेको बताए । रासस :