बुद्ध र लुम्बिनी बिषयमा केन्द्रित विश्व कविता महोत्सवका ५ उत्कृष्ट I

काठमान्डू मङ्सिर २२,

अन्तराष्ट्रिय साहित्यिक महोत्सबको नतिजा घोषणा: लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सब नतिजा घोषणा । 

बरिस्ठ साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडाशैनी रहनु भएको तीन सदस्यीय निर्णायक मण्डलको मूल्यांकन अनुसार उत्कृष्ट पाँच जना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), विवेक दुलाल क्षेत्री (युएइ), शमा श्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) पर्नु भएको छ । 

त्यसपछिका छ: जना उत्कृष्ट कवीहरुमा दीपक आचार्य “जलन” (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथ घिमिरे (खाँदबारी), जीवन श्रेष्ठ (गोर्खा), डा साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलाद (पोर्तुगल) र नारायण थापा हुनुहुन्छ । अभियाद्धारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलो पाँच जनालाई जनही रु १० हजार र प्रमाणपत्र र पछिल्लो छ: जना प्रत्येकलाई प्रमाणपत्र प्रदान गरिनेछ । 
साभार : रमेश कुरा श्रेष्ठ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com