चेपाब संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग I

रत्ननगर ०६ पुस ,

प्रमुख जिल्ला अधिकारीद्वारा केन्द्रको अवलोकन:

शिशिर सिंखडा : पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संर क्षण केन्द्रलाई खाद्यान्न सहयोग भएको छ । मारवाडी सेवा समाज चितवनले केन्द्रमा खाद्यान्न अभाव भएको थाहापाएपछि आज २५ वोरा चामल,दाल,आलु, चना लगायतका सामाग्रीहरु सहयोग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विके सहित केन्द्रमा पुगेको मार वाडी सेवा समाजको टोलीले केन्द्रका अध्यक्ष अध्यक्ष केपीकिरण शर्मालाई सो सामाग्री हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विकेले केन्द्रलाई चेपाब सांकृतिक संग्र हालयको रुपमा विकास गरी वालवालिकाको शिक्षा,स्वास्थ्य एवम आवासको लागि आफुले सहयोग गर्ने बताउनुभयो ।

केन्द्रका अवस्था हेरपछि उहाँले चेपाब वालवालिकाको शिक्षाको लागि सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । मारवाडी परिषदका केन्द्रीय उपाध्यक्ष उमाशंकर अग्र वालले केन्द्रलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै केन्द्र को दीगो व्यवस्थापनको लागि आफु र आफनो संस्थाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी चितवन सिमा सुरक्षा प्रमुख प्रहरी उपरीक्षक सम्भूप्रसाद उप्रेती,गढीमाई गण भण्डाराका प्रमुख प्रहरी उपरीक्षक राजु अधिकारी, गढीमाई गण भण्डाराका प्रहरी नायव उपरीक्षक सञ्जय भट्टराई, मारवाडी सेवा समाज चितवनका अध्यक्ष प्र मोद चाचान,चेपाब अगुवा झ्यापुराम चेपाब,केन्द्रका सचिव दीपेन्द्र बडुवाल,सदस्य शिशिर सिंखडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खाद्यान्न वितरण कार्यक्रममा सहभागी हुन आउनुभएको प्र मुख जिल्ला अधिकारी विके सहितको टोलीले केन्द्रको अवलोकन समेत गरेको थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com