जुटपानीमा एमालेको वडा भेला I

रत्ननगर ०६ पुस ,

नेकपा एमाले वडा कमिटी जुटपानी–५ को वडा अधिवेशन आज सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य विनो द रेग्मी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रम वडा अध्यक्ष पुष्प अधिकारीको अध्यक्षतामा भएको थियो ।

भेलाले सुरेश दुवाडीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको छ । कार्यक्रममा एमाले जुटपानीका अध्यक्ष केशव लामा,अखिल नेपाल राष्ट्रिय भूपू संगठन जुटपानीका अध्यक्ष होमबहादुर गुरुब लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com