निगमले घटायो इन्धनको मूल्य I

काठमान्डू पुष ४,

नारीदर्पण : अन्तराष्ट्रिय बजार भाउ अनुसार चौतर्फी मूल्य घटाउन दबाव परिरहेको बेला आयल निगमले आज इन्धन मुल्यमा कटौती गरेको छ ।

निमग संचालक समितिको आजको बसेको बैठकले पेट्रोलको मुल्यमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ५ रुपियाँ पचास पैसा घाटाको निगमका कार्यकारी निर्देशक चण्डिका प्रकाश भट्टले जानकारी दिएका छन् ।

निगमले हवाईको मुल्यमा प्रति लिटर दस रुपैयाँ घटाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर एकसय सोह्र डिजल र मट्टीतेल बयानब्बे तथा हवाई इन्धन एकसय सत्तिसमा पाइने छ ।  निगमले खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । साबिकको मूल्य अनुसार खाना पकाउने एलपी ग्याँसमा भने घाटा भएको भन्दै निगमले मूल्य यथावत राखेको जनाएको छ ।

मूल्य समायोजन पछि निगमलाई मासिक ४८ करोड ५९ लाख रुपैयाँ नाफा हुनेछ । निगम प्रमुख भट्टले नयाँ मूल्य अनुसार बचत हुने रकम बिगतमा सरकार संग लिएको ऋण तिर्न छुट्यएको बताए ।

निगमले नाफा आर्जन नगरेको भन्दै बिगतको ऋण तिर्न सोहिनुसार मूल्य समायोजन गरेको दावी गरे ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com