पौष ३ ,डिसी
विजय थापा : अमेरिका नेपाल सोसाइटी वाशिंगटनको निमन्त्रणा तथा गैर मुनाफा संस्था अमेरिका समाज सेवकको पहलमा ओबामा केयर कार्यशाला गोष्ठी भर्जिनियाको मनाससमा सम्पन्न गरिएको छ ।
दुई भागमा विभाजित उक्त कार्यशाला गोष्ठीमा उक्त बिमामा को को ,कसरि योग्य हुन्छन र कस्ता फाईदाहरु छन् भन्ने बारेमा डिसी महानगरको फेयर फ्याक्सकि उप प्रमुख रोज चू ले जानकारी दिएकी थिइन् ।
र ,उक्त कार्यक्रममा श्रीष्टि हुमागाईले ओबामा केयरको बारेमा सारमा नेपालीमा बताएकी थिइन् भने दोश्रो सत्रमा घर जग्गा अधिकर्ता ,प्रशिक्षक तथा अमेरिका समाज सेवकका संस्थापक मध्येका एक तथा अमेरिका नेपाल सोसाइटीका सभापति जीवन तिवारीले अमेरिकामा व्यक्तिले आफ्नो क्रेडिट (ख्याती ) बारेमा थाहा पाउनु पर्ने र बुझ्नु पर्ने बारेमा बोलेका थिए ।
कार्यक्रमको अन्त्यमा अमेरिका समाज सेवकका संस्थापक मध्येका हिमाली तिवारीले नेपालीहरुले यस्ता संस्थाहरुबाट फाईदा लिन सक्ने बताइन ।
र कार्यक्रममा दुवै सत्रमा प्रश्न उत्तर कार्यक्रम राखिएको थियो भने सहभागीहरुले कार्यक्रम निक्कै राम्रो लागेको बताए ।

समाज सेवक संस्थामा कुनै पदाधिकारी नभएको र यस संस्था संग आबद्ध सबैलाई सेवकको रुपमा परिचय गरिने जीवन तिवारीले बताए भने संस्था भर्जिनिया राज्यमा यसै बर्ष दर्ता गरिएको बताईएको छ।