चितवन पुष ३ ,
पुर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामवेशीको चेपाङ संरक्षण
केन्द्रमा आश्रित वालवालिकालाई आज विहीवार जन्म दिनको अवसरमा गैडाकोट
नगरपालिका ५ का विपिनभक्त अधिकारीले खाना खुवाउनु भएको छ ।
छोरा
अन्वितभक्त अधिकारीको आज परेको सातौ जन्मोत्सवको अवसरमा श्रीमती इन्दु
अधिकारीका साथ केन्द्र पुगेर उनीहरुले एक छाक खाना खुवाएका हुन् । खाद्यान्न
अभावमा गुज्रिरहेको सो केन्द्रमा रहेका वालवालिकालाई शुभकार्यको अवसरमा
पारेर विभिन्न संघसंस्था एवंम व्यक्तीहरुले खाना खुवाउने तथा सहयोग गर्ने
गरेका छन् ।
त्यस्तै आजै केन्द्रमा रहेका चेपाङ वालवालिकाहरुलाई गोरखा
दरवुङ १ घर भई हाल वेलायतमा वस्दै आउनुभएका ज्ञानेन्द्र आलेले २५ थान थाल
सहयोग गर्नु भएको छ । आलेले केन्द्रमै पुगी सो सहयोग गर्नु भएको हो ।
सो केन्द्रमा चितवन र मकवानपुर जिल्लाका अतिविपन्न ७४ जना चेपाङ वालवालिका
आवासीय सुविधा सहित अध्ययन गरीरहेका छन् ।