बिहीबार १८ मंसिर,
पूर्बी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेशीको
चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुलाई जन्मदिनको अवसरमा बिभिन्न
सामाग्री सहयोग प्राप्त भएको छ ।
नारायणघाटमा रहेको पाठक हार्डवेयरका संचालक
तारानाथ पाठकका छोरा अगमतारा पाठकको १३ औं जन्मदिनको अवसरमा बाबु तारानाथ
पाठक र आमा कल्पना पाठकका साथमा केन्द्रमै पुगेको अगमतारा पाठकले आफ्नो
जन्मदिनको अवसरमा वालवालिकाहरुलाई बिस्कुट, लुगाधुने साबुन, नुहाउने साबुन,
सरफ, एवं खानेतेल सहयोग गरेका हुन् ।
जन्मदिनमा हुने फजुल खर्च नगरी
वालवालिकाहरुलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको सनराईज
इंगलिस स्कुलमा कक्षा ७ मा अध्ययनरत पाठकले बताए । केन्द्रमा हाल मकवानपुर र
चितवनका बिभिन्न पहाडी गाबिसका ७४ जना चेपाङ वालवालिकाहरु आवाशिय सुबिधासहित
अध्ययन गरिरहेकाछन् ।

