भक्तपुर, १८ मङ्सिर,
दैलेख तिलेपाटा–५ घर भई उपचारका लागि हाल भक्तपुर दुधपाटीमा बस्ने २३ वर्षीय मिर्गाैला रोगी तीलक सिजापतिले आफनो ज्यान बचाइदिन आग्रह गरेका छन् ।
एक वर्षदेखि दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उपचारका लागि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आएका उनले उपचार गर्न खर्च अभाव भएकोले आर्थिक सहयोग गरी ज्यान बचाइदिने अपिल गरेका हुन् ।
आर्थिक अभावकै कारण उपचारमा समस्या आएको बताउँदै सिजापतिले मिर्गाैलाका लागि डाइलोसिस गर्नसमेत रकम अभाव भएको बताए । सूर्यविनायकस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं १३७००२३२१४१० मा रकम जम्मा गरिदिन वा भेटेरै सहयोग गरिदिन उहाँले सार्वजनिक रुपमा अपिल गरेका छन् । रासस :