मंगसिर २१ ,डिसी ,
विजय थापा
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा हरेक बर्ष क्रिसमस (ईसाई दिवस ) को अवसरमा मनाईने परेडमा अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीले आफ्नो पहिचान, नेपाली संस्कृती र भेषभुषालाई झल्काउदै बिभिन्न देशका सांस्कृतिक झाँकी साथ सहभागिता जनाएको छ ।
उक्त सांस्कृतिक जुलूसमा अमेरिका नेपाल सोसाईटीका सभापति जीवन तिवारीको नेतृत्वमा समितिका सदस्य तथा अन्य अतिथिहरुको सहभागिता रहेको थियो । उक्त परेडमा पुरुषहरुले दौरा सुरुवाल ,महिलाहरुले रातो फरिया र नेपालको झन्डा सहित पहिलो पटक उक्त सांस्कृतिक झाँकीमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको सभापति तिवारीले बताए ।
उक्त सांस्कृतिक परेडमा बिभिन्न देशका गरि १ सय १० समुहहरुको सहभागिता रहेको थियो भने उक्त जुलूसमा नेपालका चर्चित गीतहरु आंधी खोला उर्लेर आउदा ,च्यान्गबा है च्यान्गबा तथा अन्य गीत घन्काई शहर परिक्रमा गरिएको थियो ।
उक्त परेडमा ३५ बर्ष अगाडी नेपालको भ्रमण गरेका अमेरिकन रेडक्रसका एक स्वयम् सेवकले नेपालको झन्डा र जुलूसमा सहभागिता हुन् आएका नेपालीहरु देख्दा नेपाल देश बिश्व कै उत्कृष्ट पर्यटन देश भएको आफुलाई लागेको सभापति तिवारीलाई बताएका थिए । र, उक्त परेडमा सहभागी हुने सबैलाई सभापति तिवारीले धन्यबाद दिएका थिए ।


