चेपाब वालवालिकालाई जाडोमा लगाउने लत्ताकपडा I

रत्ननगर मंसिर २१ ,

रत्ननगर १० मंगलपुरमा रहेको गामवेशीको चेपाब संरक्षण केन्द्र मा आश्रित चेपाब वालवालिकालाई जाडोमा लगाउने लत्ताकपडा वितर ण गरिएको छ । वीरेन्द्रनगर १ रामपुर टोल पुर्वाधार समितिले के न्द्रमा आश्रित ७४ जना वालवालिकालाई लत्ताकपडा वितरण गरेको हो ।

समितिकी अध्यक्ष डिलकुमारी पुन ,उपाध्यक्ष राजेश रुम्वा लामा सदस्यहरु खुमकुमारी पुन र गौमाया पुनसहितको टोली केन्द्र मा पुगेर लत्ता कपडा वितरण गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो ।

सहयोग संकलन गरेर वालवालिकालाई आवासीय सुविधासहित अध्ययन गराई रहेको सो केन्द्रमा चितवन र मकवानपुरका अतिविपन्न समुदायका चेपाब वालवालिकाहरु आश्रित छन् । दिगो श्रोतको अभावमा ७४ जना वालवालिकालाई केन्द्रले खाद्यान्न,स्टेशनरी र लत्ताकपडा सहयोग जुटाएरै निर्वाह गरिरहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com