काठमान्डू मङ्सिर १९,मोफसल,राजधानी र डायास्पोराबाट नेपाली गजल बिधामा कलम चलाउनुहुने झापाली गजल सर्जकहरुका निम्ति सयुक्त गजल कृति "कन्काईका सुस्केराहरु" मा आफ्नो गजल समाबेश गराउने बारे अत्यन्तै जरुरी सुचना!!
गजलकार साबित्रा लुईटेल "घिमिरे" ज्युको संयोजकत्वमा गठित नव-कार्यसमिति,प्रतिनिधि,बिशेष प्रतिनिधिबाट सर्व-स्वीकृत "कन्काईका सुस्केराहरु"-सयुक्त गजल कृति प्रकासनको रुपरेखा-
१) यथासम्भव धेरै भन्दा धेरै झापाली गजल सर्जकहरु समेटिनेछ!
२) छनोट समितिबाट छनोट भएका उत्कृष्ट ५ गजल प्रकाशित गरिनेछ!
३) कृतिबाट उठेको सम्पूर्ण रकम सामाजिक तथा साहित्यिक कार्यक्रममा लगानी हुनेछ!
४) पुन: सस्करणको जिम्मेवार तथा वितरण प्रकाशन/प्रकाशक/बजार ब्यवस्थापकको हुनेछ!
५) कृति बिमोचन नयाँ साल २०७२ को अवसर पारेर गरिनेछ !!
"सर्जकहरुले गजल पठाउदा ख्याल गर्नु पर्ने कुराहरु"
-----------------------------------------------------------
-गजल गजलकै सरचनाभित्र बाधिएको हुनुपर्नेछ,
-गजल कुनैपनि कृति या पत्रिकामा प्रकाशन नभएको हुनुपर्नेछ,
-गजल पूर्णत:मौलिक हुनुपर्नेछ,कसैको चोरिएको या केहि परिमार्जन गरिएको पाईएमा यस कृतिमा समाबेश गरिनेछैन,
- गजल कुनैपनि ब्याक्ति,धर्म,सम्प्रादय या देशलाई होच्याउने भावविशेष तथा नकारात्मक विचारधारा पाईएमा स्वत:खारेज हुनेछ,
- प्रत्यक सर्जकले आफ्ना ८ वटा गजल पठाउनु पर्नेछ,छनोट समितिबाट उत्कृष्ट ५ छानिनेछ!
-गजल छनोट अधिकार पूर्ण रुपमा छनौट समितीमा हुनेछ,छनौट समितिको निर्णय अन्तिम हुनेछ,यो उपर कहि कतै उजुरी लाग्ने छैन,
-गजल पठाउने अन्तिम मिति माघ-१,२०७१ गते सम्म,
-आफ्ना उत्कृष्ट गजलका साथमा ब्याक्तिगत विबरण सहित रू.२००० (दुईहजार) आफ्ना प्रतिनिधिलाई बुझाउनु पर्नेछ!!
(गजल पठाउने ठेगाना
Jhapali.gajal@gmail.com
या,
नजिकका प्रतिनिधि ज्यु हरुलाई प्रतक्ष्य भेटेर या ईमेल,फेसबुक इनबक्स मार्फत)
बृस्तित जानकारीका निम्ती सिधा सम्पर्क-
--------------------------------------------
संयोजक-साबित्रा लुईटेल "घिमिरे"(इजराईल)
सह-संयोजक-जी.पि.तिवारी (दुबई)
सह-संयोजक-बिबेक दुलाल (यु ए ई)
-बिशेष प्रतिनिधिहरु-
------------------------
-प्रभा आचार्य (अमेरिका)
-रहस्य विक्रम चिमरिया(झापा,बिर्तामोड)
-निराजन प्रभात (कतार)
-लिला अनमोल -(नेपाल)
-नेपाल,प्रतिनिधिहरु
-------------------------
-कल्पना आचार्य वली-झापा
-मिरामन थापा-काठमान्डु
-ईन्दिरा प्रयास-काठमान्डु
-रोदन निरौला-झापा
-प्रेम भुर्तेल-झापा
-प्रवाश,प्रतिनिधि
----------------------------
-केशव चापागाईं -कतार
-सौगात गजमेर-साउदी अरव
-संजिता बासकोटा -ईजराईल
-बिजे बिद्रोही राई-इजराईल
-ईन्नोसेंट राजन-कतार
-राज अविरल यात्री-मलेसिया
-मिन प्रकाश उप्रेती-साउथकोरिया
-हेम लावती-हंगकंग
