त्रिनारी रत्न स्मारक स्थापना I

काठमाडौँ, २० मङ्सिर,

त्रिमर्ूर्ति निकेतनद्वारा गठित ‘त्रिनारीरत्न स्मारक’ले पर्ूण्ाता पाएको छ । स्मारकका अध्यक्षमा मोदनाथ प्रश्रति, उपाध्यक्षमा प्रा डा गार्गी शर्मा, सदस्यसचिवमा नरेन्द्रराज प्रर्साई तथा सदस्यमा रामबाबु प्रर्साईँ, ताना गौतम, तुलसा गौतम, नरहरि आचार्य, भद्रकुमारी घले, भरतमोहन अधिकारी, मनीषा कोइराला र सुनीता कार्की रहनुभएको छ । 

शारदाकालीन कवि प्रेमराजेश्वरी थापा-१९७२-२०५८) र गोमा -१९८२- २०५९) तथा प्रगतिवादी साहित्यकार पारिजात–१९९४-२०५०)को मर्ूर्ति स्थापना तथा नइत्रिमर्ूर्ति सभागृह निर्माणको काम स्मारकले गर्ने छ । थापाका ‘अनुभूति’ र ‘त्रि्रो याद वषर्ा ‘कवितासङ्ग्रह, गोमाका डेढ दर्जन तथा पारिजातका ‘शिरीषको फूल’ उपन्यासलगायत करिब दर्ुइ दर्जन कृति प्रकाशित छन् । 

त्रिमर्ूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रर्साईँको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नइ प्रकाशनको संयोजनमा त्रिमर्ूर्ति निकेतनले काम गर्ने गरी आगामी २०७१-७२ मा त्रिनारी रत्न स्मारक स्थापना तथा सभागृह निर्माण गर्ने निर्ण्र्ाागरेको हो । त्रिनारीको छ छ फिटको ढलोटको मर्ूर्ति ओम खत्रीबाट तयार भइसकेको छ । यसअघि त्रिमर्ूर्ति निकेतनद्वारा नै कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा -त्रिमर्ूर्ति) सञ्चारग्राम समिपमा स्थापना भइसकेको छ । 

स्मारकले त्रिनारीको मर्ूर्ति काठमाडौँ उपत्यकामा स्थापनाका लागि सरकारसँग जग्गा माग गरेको छ । सभागृहका लागि भने त्रिमर्ूर्ति निकेतन, नइ प्रकाशन, भूपालमानसिंह कार्की प्रज्ञापरिषद् एवं जनस्तरबाट रकम उठिसकेको तथा त्यसमा विदेशीले पनि सहयोग गर्ने वचन दिएको सदस्यसचिव प्रर्साईँले जानकारी दिनुभयो । सभागृह भने साहित्यिक र संांस्कृतिक कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराइने जनाइएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com