गजल By, Shreebhakta Paudel


गजल : लत् बस्यो शराबमा 

नराम्रो लाग्छ् आँफैलाई, लत् बस्यो शराब मा
 बर्बाद् हुने हो कि छिट्टै, जग् बस्यो धराप मा

दिन्न दोश् यो भाग्यलाई, बेवकुफ् हुँ म आँफै
धारेहात् लाउँदा लाउँदै, खत् बस्यो निधार् मा

उँभो लाग्छु भन्दा आज उँधो उँधो सर्की जान्छु
लड्दा ताली बजाउनेको, घत् बस्यो सराप मा

¨आगे होते चेते नही, पिछे चेते होते नही¨
रहरले हो कि करले हो, मत् बस्यो खराब मा

नराम्रो लाग्छ् आँफैलाई, लत् बस्यो शराब मा
भन्नु पनि लाजै मर्दो, धत् बस्यो शराबमा
' मत् - मती बिग्रनु '



श्रीभक्त पौडेल¨आफन्त¨
स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com