पुष ३,
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले बर्सेनि हजारौं नर्सिङ जनशक्ति विदेशबाट ल्याउँछ । तर बेलायतका ८० हजारभन्दा बढी विद्यार्थीले नर्सिङ कोर्ष गर्न स्थान नपाउने गरेको खुलासा भएको छ ।
बेलायतका विभिन्न अस्पतालले गत वर्ष ६ हजार विदेशी नर्सलाई नियुक्त गरेका थिए । तर बेलायती विद्यार्थीले नर्सिङ कोर्षका लागि भने स्थान पाउँन नसकेको बताइएको छ । यस्तै, ४० वर्षको उमेरमा परिवार सुरु गर्न जागिर छाडेकाहरुले पछि फर्कदा पनि जागिर नपाएको बताइएको छ ।
एक नर्सलाई तीनवर्षसम्म दक्ष बनाउँन एनएचएसलाई ७० हजार पाउण्ड लाग्छ । तर, त्यही मूल्यमा विदेशका तीन दक्ष नर्स ल्याउने तथ्यांक पनि सार्वजनिक भएको छ । एनएचएसले नियुक्त गरेका पाँच नयाँ नर्समध्ये चार जना विदेशी हुने गरेका छन् ।
रोयल कलेज अफ नर्सिङका डा. पिटर कार्टरले सरकारको जनशक्ति योजना निराशाजनक रहेको बताए । हेल्थ सेलेक्ट कमिटिकी डा. सराह वोलास्टोनले हजारौं युवा बेलायतीलाई एनएचएसले अवसर दिनुपर्ने बताएकी छन् । एजेन्सी: