![]() |
| ओमकुमारी गौतम, पार्वती केसी र शशीकला खत्री (बायाँबाट क्रमश), सामूहिक छलफल गर्दै महादेबपुरी गाबिसका महिला (तल) । तस्विर : राजेन्द्र नाथ |
केही बर्ष अघिसम्म अपरिचितसँग बोल्न पनि धक मान्ने महिला गाउँको अगुवाई गर्न थालेका छन् । त्यसैमध्येमा पर्छिन, महादेवपुरी-८ बालापुरकी शशीकला खत्री । जनशक्ति निमावि बालापुरको व्यवस्थापन समिति निर्वाचनमा तीनजना पुरुषको दावेदारी थियो । चौथो दावेदारीका रुपमा आएकी खत्रीले चुनावै लडिन । अहिले मजाले ब्यवस्थापन समिति हाकेकी छन् ।
'चुनावमा गाउका महिलाले साथ दिने बताएपछि दुईजना पुरुषले दावेदारी छोडेपनि एकजनाले छोडेनन् । अन्ततः मतदान भयो,' उनले सुनाइन, 'सानदार ढंगले निर्वाचन जिते ।' विद्यालयमा पहिलो पटक महिला उम्मेदवार खत्रीले वहुमत सात निर्वाचित भएकी थिइन । त्यसयता कुशलतापुर्बक ब्यवस्थापन समिति हाकिरहेकी छन् ।
शशीकला अध्यक्ष बनेपछि विद्यालयको शैक्षिक अवस्थामा सुधार आएको स्थानीय महिला छलफल कक्षकी सहजकर्ता सन्जिता खड्काले बताइन । उसो त यो गाउका अधिंकास पुरुष रोजगारीका लागि बिदेशिएका छन् । त्यसैले पनि अभिभावकत्वको जिम्मा महिलाको थाप्लोमा आएको हो । उनीहरु सबै मिलेर विद्यालयको शैक्षिक वातावरणमा सुधारमा जुटेको बताउछन ।
'पहिला विद्यालयमा सरहरु नियमित आउदैन्थे । विद्यार्थी पनि कम आउथे । अहिले त्यस्तो छैन् । शैक्षिक वातावरण सुध्रेको छ ।' निर्धक्क हुदै खड्काले भनिन् । पछिल्ला दिनमा गाउका महिलामा आएको सशक्तिकरण अनेक नमुना देखिएका छन् । 'अहिले सम्म ब्यवस्थापन समितिमा महिला चुनिएका थिएनन्, गाउकी अगुवा समेत रहेकी अन्जली ओलीले भनिन्, 'हामी सबैले बल गरेपछि पुरुषलाई पछि पार्न सक्यौ ।'
महादेबपुरीको छिमेकी गाबिस कचनापुरमा पनि झण्डै त्यस्तै भयो । टिकुलिपुरको नेरा निमावि व्यवस्थापन समितिको निर्वाचनमा अध्यक्ष दावेदारीमा तीन पुरुषसहित ओमकुमारी खत्री पनि चुनावी मैदानमा उत्रिन । गाउका अधिकांश महिला अभिभावक रहेको उक्त विद्यालयमा महिलाको मतले खत्रीले सजिलै जित्ने देखेपछि तीनै जना पुरुष उम्मेदवार पछि हटे । खत्री सर्वसम्मत चुनिइन् ।
त्यस्तै पार्वती केसी कचनापुर-७ को वडा नागरिक मञ्च सदस्य छिन् । गतवर्ष गठित मञ्चका २५ सदस्यमा उनीजस्तै १४ जना महिला छन् । मञ्चमा आफ्नो वडाका लागि आउने बजेट र सम्भावित योजनाका बारेमा छलफल हुन्छ । त्यसबाहेक बहुमत सदस्य महिला रहेकाले उनीहरूले गाविसमा लक्षित समुदाय अन्तरगत महिलाका लागि आएको बजेटको पनि सोधखोज गर्छन् । उक्त शीर्षकमा अघिल्लो वर्ष आएको बजेट कहा खर्च भयो भन्ने थाहा नपाएका उनीहरूले यसपाली भने महिलाकै नाममा खर्चन सफल भए । 'हाम्रै पहलमा सिलाइकटाई र खेलौना निर्माण तालिममा खर्च गरियो,' पार्वतीले सुनाइन ।
सामुदायिक वन उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति जस्ता सामाजिक संस्थामा महिला सहभागिता बढिरहेको छ । कचनापुरको वडा नम्बर ७ मा मात्रै जनकल्याण, सिद्ध शाइकुमारी र हरलाफाटा गरी तीन सामुदायिक वन छन् ।
जनकल्याणको कार्यसमितिमा सचिव ओमकुमारी गौतम र कोषाध्यक्ष सेती पौडेलसहित ३ महिला सदस्य छन् । त्यस्तै सिद्ध शाहीकुमारी वन उपभोक्ता समितिको कोषाध्यक्षमा गीता केसी छन् भने हरलाफाटाको त अध्यक्ष नै महिला छिन् । डिला केसी अध्यक्ष रहेको उक्त उपभोक्ता समितिको अर्को मुख्य पद कोषाध्यक्षमा इन्द्रा खत्रीसहित ४ जना सदस्य महिला छन् । जनकल्याण उपभोक्ता समूह सचिव गौतम कार्यसमितिमा आफूहरू हुदा जंगलमा निर्भर महिलाले निर्धक्क आफ्ना आवश्यकताको माग राख्नसक्ने बताउछिन् ।
त्यस्तै बैजापुर उपस्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिको ११ जनामध्ये बहुमत सदस्य ६ जना महिला छन् । कमलासिंह ठकुरी, मीना घर्ती, गैरी बिक, शान्ती वली, गुलिया चौधरी र भीमकुमारी पुन सदस्य छन् । समितिमा महिलाका स्वास्थ्य समस्या र निशुल्क औषधीमा महिलाको पहुचबारे छलफल हुने गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य प्रशासक नागेन्द्रकुमार चौधरीले महिलाले नेतृत्व गरेका उपभोक्ता समितिको कार्यसम्पादन उच्च रहेको बताए । 'महिलाले लगनशील भएर, एक रूपैया पनि तलमाथि नगरी काम गरेका छन् । महिला लक्षित बजेट उनीहरूकै हितमा खर्च गरिदै आइएको छ ।' उनले भने ।
मेरो अधिकार मेरो आवाज कार्यक्रमले गाउका महिलामा सशक्तिकरण ल्याउनुका साथै गाउमा शिक्षा, स्वास्थ्य र महिला नेतृत्व स्थापनामा ठूलो सघाउ पुगेको जिल्ला शिक्षा अधिकार देबेन्द्रराज खनालले बताए ।
बैजापुर, कचनापुर र महादेवपुरी गाविसमा अक्स्फामसंगको साझेदारीमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) ले रिफ्लेक्टमा आधारित सामुदायिक छलफल कक्षा सञ्चालन गरेको छ । उक्त छलफल कक्षामा महिलाका स्वास्थ्य समस्या, स्वास्थ्य अधिकार, घरेलु हिंसा न्यूनीकरणका उपाय, सामाजिक संस्थाहरूमा महिलाको नेतृत्वदायी र प्रभावकारी सहभागिताबारे छलफल हुने बैजापुर गाविस सामाजिक परिचालन सीता चौधरीले बताइन् । छलफल कक्षामा भएका निर्णय कार्यान्वयन गर्ने क्रममा सामाजिक संस्थाहरूमा महिला नेतृत्व बढ्दै गएको उनको अनुभव छ ।
कार्यक्रम अन्तर्गत गाउमा महिलाहरुको छलफल कक्षा, विद्यालयमा बाल स्वास्थ्य समिति र गाविसस्तरमा युवा समिति गठन भएका छन् । छलफल कार्यक्रममा महिलाले दैनिक २ घण्टा गाउका समस्या, विकृति र विसंगतिका वारेमा छलफल गर्ने र पैरवी गर्ने गरेको महादेवपुरी सामाजिक परिचालक लक्ष्मी बिष्टले बताइन ।
बाँकेको महादेवपुरी, कचनापुर र वैजापुर गाविसमा यो कार्यक्रम सञ्चालन भईरहेको छ । परियोजना अन्तर्गत महिला र बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्दै महिलालाई नेतृत्वदायी भूमिकामा पुर्याउने गतिविधि सञ्चालन भईरहेको परियोजना संयोजक सोम जिसीले बताए । इकान्तिपुरबाट :