तेल अभिव (इज़रायल) मङ्सिर २७,
नारीदर्पण : '' किराँत राई यायोख्खा नेपाल इज़रायल '' ले किराँती सम्बत येलेदोङ्ग ५०७४ औं साकेला,सिली उधौली उत्सव भव्य तथा सभ्य रुपमा आज सम्पन्न गरेकेा छ ।
रोजगारीको सिलसिलामा इज़रायलमा कार्यरत राईहरुले आफ्नो परापुर्व काल देखि मनाउदै आएको संस्कार र संस्कृतिलाई संरक्ष्ण तथा सम्बर्दन गर्ने हेतुले आफ्नो जातिय संस्थाको स्थापना गरि हरेक कार्यक्रम गर्दै अार्इ रहेका छन् ।
इज़रायलका लागि महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाईं ज्यु को प्रमुख आतिथ्यमा तथा संस्थाको अध्यक्ष बाल कुमार राई को सभापतित्वमा सम्पन्न कार्यक्रममा राजदुत प्रसार्इकी धर्मपत्नी श्रीमती सिता प्रसाईं , नेपाली राजदुतका उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहाल साथै उहाँकी अधाङ्गिनि लक्ष्मी दाहाल, इज़रायल स्थित बिभिन्न संघ, संस्था, अनलाइन मिडिया, तथा इज़रायलमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको थियो ।
मन्तब्यकेा क्रममा प्रमुख अतिथी राजदुत प्रसार्इले आदिवासी राईहरुले आफ्नो कला, संस्कार, संस्कृति तथा पहिचानलाई सधै संरक्ष्ण र सम्बर्दन गर्न यसरी प्रबासमा पनि अग्रसर तथा सक्रिय भै लागि पर्नु हुने सम्पूर्ण किराँती राई को खुलेर प्रसंसा गर्नु भयो ।
आफ्नो सांस्कृतिक परम्परालाई कायम राख्दै उभौली र उधौली गरि बर्षमा दुई पटक साकेला मनाउने गरिन्छ । भुमी पूजारी आदिवासी राईहरुले मंसिर पुर्णीमामा उधौली पर्व र बैशाख पुर्णीमामा उभौली पर्व केा रूपमा मनाउने गर्दछन ।
संस्थाको उपाध्यक्ष बिजे बिद्रोही राई ले स्वागत मन्तव्य दिनु भएको थियो भने पूजा संस्थाको सदस्य अनिल राई ले गर्नु भएको थियो । यसैगरी माङ्ग्पा पुजा नितेश चाम्लिङ्ग राईले गर्नु भएको थियो ।
कार्यक्रमलाई सुन्दर र छरितो सँग संचालित गर्न साकेला सिली तीन चरणमा विभाजित थियो हरेक चरणमा साकेला नाच्नेहरुको उपस्थितिले अत्यन्त उत्साह, उमङ्ग र जोशहरु डोल अनि झ्याम्टाहरुका लयले दिन्थे भने सोइ...सोइ...सोइ... पारुहाङ्ग र सुम्निमा सोइ . . . गर्दै सब्बै साकेला नाचिरहेका देखिन्थे , उक्त कार्यक्रमको संचालन बविना राई ले गर्नु भएको थियो ।
अन्त्यमा, किराँतीहरुको आफ्नो धर्म तथा संस्कृति संरक्षणत्व उधौली साकेला पवित्र पूजामा निमन्त्रणा स्वीकारी कार्यक्रम उधौली साकेलामा उपस्थित हुनुहुने प्रमुख अतिथि नेपाली राजदुत परिवार लगायत विभिन्न सांस संस्था, संचारकर्मी, साथै सम्पूर्ण नेपाली दाजु भाइमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै '' किराँत राई यायोख्खा नेपाल इज़रायल'' संस्थाको अध्यक्ष तथा सभापति बालकुमार राईले कार्यक्रमको समापन गर्नु भएकेा थियेा । उधौली साकेला २०७१ तेल अभिवकेा एभरेस्ट हल (केन्द्रिय बस पार्ककेा तेस्रो तला) मा शनिबार विहान १० बजे सुरु भएको साकेला कार्यक्रम अपराहन्न ३ बजे सकिएको थियो ।












