HIV/AIDS विरुद्ध जनचेतना जगाउन Red Riban मा caravan

धनगढी, १८ मङ्सिर,

एचआइभी÷एड्सविरुद्ध जनचेतना जगाउन युवा नामक संस्थाले सुरु गरेको ‘रेड रिबन क्याराभान’ अर्थात् रातो रिबनको लस्कर बुधबार यहाँ आइपुगेको छ ।

दाङ जिल्लाबाट सुरु गरिएको यो अभियान एचआइभी एड्सबारे चेतना जगाउन ठाउँठाउँमा विद्यार्थी मैत्री जनचेतनामूलक कार्यक्रम गर्दै कैलाली आइपुगेको संस्थाकी सचिव देवीका राईले बताइन् । उन्नाइसजना युवा–युवती सम्मिलित टोलीले बुधबार कैलालीको पञ्चोदय उच्च मावि र धनगढी उच्च माविमा एचआइभी एड्सबारे चेतनामूलक पुतली खेल, हाजिरी जवाफ प्रतियोगिता, गीत–सङ्गीत, कार्यक्रमका साथै परामर्श सेवा प्रदान गरेको टोलीमा सहभागीले बताएका छन् ।

रातो रिबनको लस्करले दाङ, बाँके, बर्दिया जिल्लाका दुई/दुई विद्यालयमा समेत विद्यार्थी मैत्री कार्यक्रममार्फत एचआइभी एड्स रोकथामबारे जनचेतना कार्यक्रम गरेको थियो । टोली आज कञ्चनपुरतर्फ जाने कार्यक्रम रहेको छ । संस्थाले विगत चार वर्षदेखि यस्तो कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

एचआइभी÷एड्सको समस्याबाट पूर्वी नेपालको तुलनामा सुदूर र मध्यपश्चिम नेपाल बढी समस्याग्रस्त रहेको विभिन्न तथ्याङ्कले देखाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com