'' गजल '' By, श्रीभक्त पौडेल ¨आफन्त¨
संसार हेर्ने आँखा मेरो, फरक पर्यो भन्छन
संसार बुझ्ने भाका मेरो फरक पर्यो भन्छन
नयन खोली हेरेकै हो, बत्ती बाली पढेकै हो
दुनियाँ बन पाखा मेरो, फरक पर्यो भन्छन
आँफैपछी पर्या हुँकी, दुनियाँ अघी दौड्या होला
जगत कोर्ने खाका मेरो, फरक पर्यो भन्छन
घाम उही चन्द्र उही समय कहाँपुग्यो भन्नेहरु
जीवन चौकी नाका मेरो, फरक पर्यो भन्छन
लौन कोही बुझाई देउ संसार केहो भन्ने मलाई
जिन्दगी चल्ने साखा मेरो फरक पर्यो भन्छन
शब्दार्थ_
साखा:सन्तती/इज्जत
खाका: योजना
श्रीभक्त पौडेल ¨आफन्त¨
सान सेबास्टिअन
स्पेन