'' गजल '' By, मानन्धर अभागी


'' गजल '' By, मानन्धर अभागी

आँखाभरि सपना बोकी म राजधानी आएँ
 सोचे भन्दा फरक भो आएर मैले पछुताएँ

कामको खोजी शहरमा भौतारिंदा भौतारिंदै
कोठामा के भात पकाइ भो धुँवा धुलो खाँदै अघाएँ

काम मैले नपाएपछि नर्कमा लान खोजियो
यहाँको विकृतिबाट रुँदै मैले आँशु बगाएँ

काठमाण्डु राजधानी एड्स लागी सक्या रै छ
भ्रष्टाचार र यौन व्यापार सरुवा रोग था पाएँ

सतीले सरापेको ठाउँमा वर्वादी हुनु भन्दा
गाउँफर्क अभियान अबको सोच बनाएँ ।

मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com