गीत:जिन्दगीका प्रीतहरू:
टिपेको थिइन,झरेको फूल मायाले सजिन्छ् भनेर,
जानेको थिइन,हारेको मन मायाले मौलिन्छ भनेर।
गाँसदिन भन्थे,यो पिरतीको माला,
कतै चुडिन्छ भनेर,
खोल्दिन भन्थे,यो जिवनको ताला,
कतै लुटिन्छ भनेर,
आखिर यो प्यास किन लाग्दछ,
दिनदिन् यो तलाश किन हुँदछ।
लेखेको थिइन,कथाको सार प्रेमले मताउँछ भनेर,
मानेको थिइन,कोरेको चित्र स्नेह बताउँछ भनेर।
हेरदिन भन्थे,यो क्षितिजको घाम,
सधैं डुब्दछ भनेर,
पुज्दिन भन्थे,यो बिहानको घाम,
नींद खोल्दछ भनेर,
आखिर यो मोहनी रूप् जाँंदैन,
मेरो हृदय बाट् ज्योति हट्दैन।