एजेन्सी कार्तिक २३,
जन्मदा सामान्य नै हुन्छ । तर, बिस्तारै हात तथा खुट्टा बांगिदैं जान्छ । हातमा फोकाहरु बढ्दै जान्छन् ।
दक्षिणी चीनको ग्वाङसी झुवाङ क्षेत्रको हेन्ची शहरको बाहिरी क्षेत्रका बासिन्दा यस्तो समस्याबाट पीडित हुन थालेपछि डाक्टरहरुसमेत हैरानीमा परेका छन् ।
हातखुट्टाका हाड बटारिन थाल्छन् भने कसैकसैलाई छालामा निकै दुख्ने फोकाहरु देखिन थाल्छन् । यस्तो समस्या देखिन थालेपछि मानिसहरु काम गर्नसमेत सक्दैनन् । डाक्टरहरु उनीहरुलाई ठुलो हड्डीको रोग (बिग बोन डिजिज) लागेको हुन सक्ने बताउँदैं आएका छन् ।
चिकित्सकका अनुसार चीन, साइबेरिया तथा उत्तर कोरियामा देखिने यस्तो समस्या पानी तथा खाद्य पदार्थमा हुने आयोडिन र सालेनियम तत्वको कमीका कारण हुन्छ । यो रोगमा केही कमी ल्याउन सकिएपनि पूर्णतया भने निको पार्न सकिएको छैन ।
प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यकर्ता पठाइएको छ । त्यहाँ सो रोगबाट २० जनाभन्दा बढी प्रभावित रहेको सरकारी अधिकारीले जनाएका छन् । अधिकांश पुरुष प्रभावित छन् । गाउँलेले आफ्नो समस्या समाधान होस् भन्ने चाहेपनि अझसम्म त्यो सम्भव भएको छैन । डेलीमेलबाट :