अमेरिकाको भ्रमणमा आएका नेपाली युवा उद्यमीहरु भन्छन -नेपालमा सुन त्यतिकै फल्दैन ,फलाउनु पर्छ I

कार्तिक २३ ,भर्जिनिया ,

विजय थापा : अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित राज्य बिभागले अमेरिकाको ओक्लाहोमा बिश्व बिद्यालयमा आयोजना गरेको पांच हप्ते व्यवसायिक आदान प्रदान कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भै नेपालका ६ युवा उद्यमी नेपाल आज फर्केका छन् ।

 नेपाल फर्कने क्रममा ६ उद्यमीहरुलाई डिसी स्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा लिइएको कुराकानीमा पुस्तक प्रकाशनका उद्यमी राजिव धर जोशीले भने नेपालमा सुन त्यतिकै फल्दैन फलाउनु पर्छ भन्दै अमेरिकामा बस्ने नेपालीहरुले देशको चिन्ता र माया गरेको आफुले पाएको बताए । युवा पिढी बाहिर गई दिएको कारण जनशक्तिको ठुलो अभाव भएको छ भन्दै उद्योगलाई असर परेको बताउदै परदेशिएका नेपालीलाई आफ्नो उदेश्य पूर्ति भए पछि नेपाल फर्कन आग्रह गरे । 
 अर्का गतिबोधक उद्यमी मानिस झा ले भने नेपाल सुनौलो युगमा प्रवेश गरि सकेको छ भन्दै यो कार्यक्रममा सहभागी हुदा रमाईलो पक्ष अमेरिकामा हामीले नेपालमा प्रयोग गरि सकेका कुराहरु नया हुदो रहेछ भनि बताए । र ,नेपालमा केहि हुने वाला छैन र केही गर्न सकिदैन भनि दोषारोपण नगर्न संदेश दिए । स्वास्थ्य सम्बन्धि क्षेत्रबाट प्रतिनिधित्व गर्ने अर्का उद्यमी डा बिशाल ढकालले कामलाई सम्मान दिन सिक्नु पर्छ भन्दै कार्यक्रममा नेपाली उद्यमीले राखेको अवधारणा सफल भएको उल्लेख गरे । 

 ६ उद्यमी मध्येका सहभागी महेश महतो ले ब्यबसायिक आदान प्रदानमा नेपालीलाई मौका दिएकोमा अमेरिकन सरकारलाई धन्यवाद दिदै उद्यमशीलतामा हामी नेपालमा के गर्छौ र यहा के गर्छन भन्ने बिषयमा एक अर्काले आदान प्रदान गर्ने अवसर पाएकोमा हर्ष व्यक्त गरे । उक्त कार्यक्रममा धेरै कुरा सिक्न पाएको भन्दै अमेरिकाबाट प्रबिधि लान सिक्नु पर्ने कुरामा जोड दिए ।अर्की युवा उद्यमी जुना माथेमाले भनिन आफु बिज्ञापन तथा अनुसन्धान क्षेत्रमा संलग्न भएको बताउदै नेपाल र यहाँ उस्तै प्रकारको काम गर्ने पाएको बताईन । 
 के गर्दा अझ सुधार हुन्छ भने कुरा सिकेको बताउदै आतिथ्य सत्कार अत्यन्तै प्रभावकारी भएको महसुस गरेको तर अंग्रेजी बोल्न पनि सक्छौ भन्दा अलिक नमज्जा लागेको बताईन । अर्की महिला युवा उद्यमी इशिता लोहियाले आफ्नो पारिवारिक ब्यबसाय बारेमा बताउदै उद्योगको तर्फबाट प्रतिनिधित्व गरेको बताईन l उनले भनिन अमेरिका प्रबिधिमा धेरै अगाडी छ भन्दै यहाका उद्यमीहरुलाई त्यो प्रविधिको कारण फाईदा छ भन्दै सबै कुरा मानव रहित स्वचालित हुन्छ । जसको कारण जनशक्ति पनि कम लाग्ने बताइन । यहाँका उद्योग स्वतन्त्र छ र त्यसको कारण मानिसमा आत्मा विश्वास रहेको आफुले पाएको बताईन । 

नेपालमा हामी मानसिक रुपले राजनैतिक अस्थिरता छ भनि मानस पटलमा अबरोध भएको कारण त्यति उजागर हुदैनौ भनिन । र, नेपालमा धेरै अवसर छ भन्दै परदेशिएका नेपालीलाई नेपाल फर्कन र नेपालको विकास गर्न आउन आग्रह गरिन । उक्त कार्यक्रममा विश्वका २५ राष्ट्र बाट २०५ जना सहभागी रहेको थियो भने नेपाली युवा उद्यमीले यो नया कार्यक्रम भएको बताए भने यो भन्दा अघिल्लो पटक पनि नेपाल सहभागी हुने मौका पाएको थियो भने यसपालि पनि अवसर पाउन सफल भएको जनाए । 

यसै गरि नेपलका ६ युवा उद्यमी संग वाशिंगटन डिसी स्थित वाशिंगटन नेपाल फोरमले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा उद्यमीहरुले केहि प्रस्तुत गरेको बताउदै छोटो समयमा भए पनि राम्रो कुराहरु सुन्न पाउदा हर्ष लागेको वाशिंगटन नेपाल फोरमका विवेक पाण्डेले बताए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com