आगामी November मा र्‍याफ्टिङ महोत्सव त्रिशुलीमा

काठमाडौँ, २१ कात्तिक,

नेपालका प्रसिद्ध खोलानालाको संरक्षण नहुँदा र्‍याफ्टिङ व्यवसाय सञ्चालनमा कठिनाइ भएको सम्बद्ध व्यवसायीको गुनासो छ ।

नेपाल कायाक क्लब डट कमले आज यहाँ आयोजना गरेको कार्यक्रममा जलविद्युत् परियोजनाको नाममा ठूला नदीनालामा बाँध बनाउने र नदी प्रदूषित गर्नाले सो व्यवसाय सङ्कटमा परेको जानकारी दिइयो ।

नेपालमा कूल छ हजार नदी नालामध्ये कर्ण्ााली, मर्स्याङ्डी, त्रिशूलीलगायतका प्रसिद्ध नदीमा बाँध बनाइदा र्‍याफ्टिङ सञ्चालनमा कठिनाइ भएको छ भने पर्ूवको तमोर नदी धेरै टाढा भएकाले पर्यटक र्‍याफ्टिङका लागि नरुचाउने क्लबका अध्यक्ष अनुप पुनले जानकारी दिनुभयो ।

उहाँले आगामी नोभेम्बर २६ देखि २९ सम्म पर्यटकका लागि चौथो त्रिशूली र्‍याफ्टिङ मेला सञ्चालन गर्न लागेको बताउनुभयो । झन्डै रु १२ लाख खर्च हुने अनुमान गरिएको सो मेलामा स्वदेशी तथा विदेशी गरी १०० को सहभागिता रहने अनुमान गरिएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com