फोनबाट लोटरी पर्यो भन्दै भारतीय ठग्ने समूह सक्रिय I

भीमदत्तनगर, २१ कात्तिक,

ठूलो रकम पाइने भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोह सक्रिय भएको छ । उक्त गिरोहले कञ्चनपुरका विभिन्न ग्रामीण क्षेत्रका नागरिकलाई फोनमार्फ ठूलो रकम पाइने भन्दै प्रलोभनमा पारेर ठगी गर्दै आएको छ । 

गाउँका नागरिकलाई मोबाइल फोनमा लोटरी पर्‍यो भन्दै ठूलो रकमको प्रलोभन देखाइ पैसा असुल्ने गिरोह भारतबाट सक्रिय भएको ठगिएका स्थानीयले बताएका छन् । कृष्णपुरका कर्ण्र्ााादुर बानियाँ ठूलो धन पाउने प्रलोभनमा परेर ठगिएका छन् । भारतीय नम्बरबाट फोन गरी मोबाइलमा लोटरी परेको भन्दै खातामा पैसा हाल्न लगाउने गरेको ठगिएको बानियाँले बताउनुभयो । 

‘पन्ध्र दिन पहिले मलाई भारतीय नम्बरबाट मोबाइलमा रु १५ लाख लोटरी पर्‍यो भनेर फोन आयो, बानियाँले भन्नुभयो, “त्यो पैसा लिन खातामा रु २४ हजार जम्मा गर्नर्ुपर्छ भन्यो, छोराको मोबाइल थियो, छोरा भारतमा कमाउन गएको बेला कतै भरेर पर्‍यो कि भन्ने लागेर बैंकमा रु २४ हजार जम्मा गरेँ, तर पैसा आएन ।

”बानियाँले नेपाल बैंक लिमिटेड धनगढी शाखाबाट धरानका आर्जन पहाडीको नाममा रहेको ००१६१००१२१८७५ नम्बरको खातामा रु २४ हजार जम्मा गरेका थिए । रु १५ लाखको सूचना दिनेे व्यक्तिलाई खातामा पैसा नआएको बताएपछि खातामा पैसा नपुगेको भन्दै पुनः रु ३२ हजार खातामा पठाइदिन भनेको बानियाँले बताउनुभयो । 

“पछि शङ्का लागेर मैले थप रकम पठाइन”, उहाँले भन्नुभयो, “सामाजिक अगुवाहरुको सहयोगमा अरु नठगिउन् भनेर प्रशासन र प्रहरीमा खबर गरेको छु ।” उनलाई ००९२३०१६९९२८३५ भारतीय नम्बरबाट फोन गरी धनको प्रलोभन देखाइएको थियो । उहाँजस्तै, कृष्णपुरकै गणेश ताम्राकारलाई पनि रु ५० लाखको प्रलोभनसहित सोही नम्बरबाट फोन आएको थियो । उहाँले दिल्लीमा सोधेर खातामा माग गरेको पैसा भरेनन् । 

उहाँ ठगिनबाट जोगिनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले राष्ट्रिय अन्तर्रर्ााट्रय ठगी गिरोहको बृहत् सञ्जालबाट ठगी भइरहेकाले घटनाको जिम्मा राष्ट्रिय अनुसन्धान ब्युरोलाई लगाइएको जानकारी दिनुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com