गजल By, श्रीभक्त पौडेल ¨आफन्त¨

 
गजल By, श्रीभक्त पौडेल ¨आफन्त¨

थाहै छैन आधा बाटो काटिएछ जिन्दगीमा  
गाठो बिनै लामो डोरी बाटिएछ जिन्दगीमा 

कतै मन कतै याद छोड्दै आए हिजोअस्ति  
हैन नगद् उधारो मै, साटिएछ जिन्दगीमा 

झुटो बोल्दै जुठो चाटे, त्यो पूरोले अघाईन 
आँफै लाई आँफै सँग, ढाटिएछ जिन्दगीमा 

खुशी के हो सुख केहो देख्न भोग्न नपाए´सी 
अहो साच्या सारा सप्ना,माटिएछ जिन्दगीमा

गन्तब्य त अझै टाढा बासस्थान्´को टुङो छैन 
जे जे पर्ला, पर्ला भन्दै, आटिएछ जिन्दगीमा   

थाहै छैन आधा बाटो काटिएछ जिन्दगीमा  
गाठो बिनै लामो डोरी बाटिएछ जिन्दगीमा 

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन 
हाल परदेश

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com