साप्ताहिक ज्ञान महायज्ञ हुने I

रत्ननगर कार्तिक १९,

श्रीकृष्ण प्रणामी धर्मका धर्मगुरु वृन्दावनदासजी महराजको सातौं पुण्य स्मृति दिवसको अवसरमा रत्ननगर–९ जयमंगलामा आगामी मंसिर ११ गते देखि साप्ताहिक ज्ञान महायज्ञ हुने भएको छ ।

स्थानीय सेवक सुवेदीले महायज्ञ गर्न लागेका हुन । सुवेदीको निवासका सात दिन सम्म चल्ने महायज्ञमा आचार्य १ ०८ श्रीकृष्णमणीजी महाराज र प्रमोद सुधारक महाराज हरिद्वार ले दैनिक कथा वाचन गर्ने महायज्ञ मुल समोराह समितिका संयो जक तीलकराज शर्माले जानकारी दिए ।

सुवेदीको निवासमा महायज्ञ आयोजना गरिएको भएपनि चितवन लगायत देशका अधिकाँस श्रीकृष्ण सेवा समितिमा आबद्ध व्यक्तिहरुको सहभागिता रहने संयोजक शर्माले जानकारी दिनुभयो । महायज्ञमा १०८ जना पण्डितहरुले दैनिक पाठ गर्ने कार्यक्रम तय गरिएको सेवक सुवे दीले जानकारी दिए ।

महायज्ञमा दैनिक,भागवत कथा वाचन,विहान योग ध्यान,दिउसो कथा प्रवचन र वेलुकी भजनकृतन तथा धर्मिक नाटक,कला प्रर्दशनी हुने उनले बताए । करिव ५० लाख खर्च लाग्ने प्रारम्भीक अनुमान गरिएको महायज्ञमा कुनै पनि सहयो ग लिईने छैन । धर्मगुरुको सम्झना र धर्म प्रचारकको लागि महायज्ञ आयोजना गरिएको आयोजकले जनाएका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com