जुटपानी कार्तिक १९,
शिशिर सिंखडा
: पूर्वी चितवनको जुटपानीका युवाहरुको जीम
हाउस प्रति आर्कषण बढदै गएको छ । जुटपानी–१ खो
लेसिमलमा जीम हाउस सञ्चालनमा आएपनि युवा आर्कषण
बढेको हो ।
विहान अवेर सम्म विस्तारामै हुने त्यस क्षेत्रका
युवाहरु जीम हाउस सञ्चालन पछि अहिले समय निकालेर दै
निक शारिरीक व्यायम गर्ने वानीको विकास भएको छ ।
स्थानीय भूवन श्रेष्ठले करिव १५ लाख रुपैयाको लागतमा
बोल्ड जीम हाउस गत जेठवाट सञ्चालनमा ल्याएका
हुन ।
दैनिक रुपमा नियमित व्यायम गर्ने गर्नाले उच्च र
क्तचाप,मधुमेह,शारिरीक मोटोपन लगायतका विभिन्न रो
गवाट बच्न सकिने र लागि सकेकालाई कमी हुने भएकाले
युवा संगै अन्य उमेरका व्यक्तिहरु पनि व्यायमको
लागि आउने गरेको सञ्चालक श्रेष्ठले बताए । अहिले
जुटपानी,पदमपुर,पिठुवा,शक्तिखोर लगायतका क्षेत्रहरुवाट
दैनिक करिब १ सय भन्दा बढि व्यक्तिहरु आउने गरेको
उनले जानकारी दिए ।
शारिरीक परिश्रम कम हुनाले मोटो
पन बढदै गएकोमा नियमित व्यायमबाट मोटोपन घटे
को र आफु फूर्तिलो एवम् निरोगी भएको स्थानीय
अर्जुन लामिछानेले बताए ।
लागो समय देखि उच्च रक्तचाप,मधुमेह,शारिर
ीक मोटोपनले हैरानी खेप्दै आएका व्यक्तिहरु
को दैनिक व्यायम वाट शारिरीक बनावट र स्वस्थ भएकोले
व्यायमका लागि दैनिक जसो जीम हाउसमा आउनेहरुको
संख्या बढदै आएको जीम मास्टर कमल लामाले बताए ।
केही बर्ष अघि सम्म शहरी क्षेत्रमा मात्र जीम हाउस खुल्ने
गरेकाले ग्रमिण क्षेत्रका वासिन्दाले यसको फाईदा
लिन सकेका थिएनन् । जुटपानी शहर उन्मुख गाविस हो
। यस क्षेत्रमा पहिलो पटक खुलेको जीम हाउसले आर्थिक
आम्दानी गर्न भन्दा पनि युवाहरुलाई व्यायम गर्ने
वानीको विकास गर्ने र दीर्घ रोगीहरुलाई व्यायमवाटै
रोग कम गराउने अवसर प्रदान गरेको सञ्चालक श्रेष्ठले
बताए ।


