भर्जिनिया कार्तिक १९,
विजय थापा : नोवेम्बर ४ तारिखमा भएको अमेरिकाको निर्वाचनमा जर्जिया एटलान्टा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी निर्वाचनमा पराजित भएको छिन् ।
उनि रिपब्लिकनका थोमस आर (टम राइस )संग चुनाब हारेकी छिन् l उनि जर्जिया प्रतिनिधी सभा क्षेत्र ९५ बाट चुनाबबाट उम्मेदवारी दिएकी थिइन् । उक्त क्षेत्र रिपब्लिकनहरुका गढ मानिन्छ भने रिपब्लिकनका टम राइस उक्त क्षेत्रमा १७ बर्ष देखि प्रतिनिधित्व गर्दै आएका छन् ।
डा अमृता रेग्मीले कुल ३८ प्रतिसत (५,७ ९० )मत प्राप्त गरेकी थिइन् भने रिपब्लिकनका थोमस आर (टम राइस)ले ६२ प्रतिसत (९,५ ९२ )मत प्राप्त गरेका थिए ।
डा अमृता रेग्मीको उम्मेदवारीमा प्रथम चरणमा डेमोक्र्याटिक दलका कुनै पनि उम्मेदवार खडा नभएको कारण प्राथमिक चरणमा उनले चुनाब स्वत जितेकी थिइन् । र ,नोवेम्बर ४ तारिखको निर्वाचनमा रिपब्लिकन दलका प्रभावशाली प्रतिद्वन्दी टम राइस संग प्रतिस्प्रद्धा गर्नु परेको थियो ।
अमेरिकामा हाल सम्म कुनै पनि नेपालीमुलका उम्मेदवार निर्वाचनमा बिजयी हुन सकेका छैनन् । अमेरिकामा सन् २०१२ मा वाशिंगटनबाट दर्शन रौनियार प्रथम चरणको निर्वाचन,२०१४ मा म्यारिल्याण्डको प्राथमिक चरणको निर्वाचनमा ह्यारी एच बि भण्डारी र नोवेम्बर ४ ,२०१४ तारिखमा भएको निर्वाचनमा डा रेग्मी समेत गरि तीन जना नै पराजित हुन् पुगेका छन् ।
उत्तर अमेरिकाको क्यानाडामा भएको निर्वाचनमा बेन्जामिन शर्मा पनि २०१४ मा पराजित भएका थिए भने उनि समेत लगाएर उत्तर अमेरिकाबाट ४ जना नेपाली मुलका सबैले चुनाबमा हार बेहर्नु परेको छ ।