रत्ननगर कात्तिक १९ गते ,
पुर्वि चितवनको रत्ननगर १० मा रहेको गामबेसीको चेपाब संरक्षण के
न्द्रमा आज मकवानपुरका दुई चेपाब बिद्यार्थिलाई आश्रय दिइएको
छ ।
गत कात्र्तिक १५ गते कान्तिपुर दैनिकमा चेपाब बालबालिकाले गरि
विका कारण पढ्न र चाडपर्व मान्न समेत नपाएको भन्दै समाचार प्रकाशित
भएको थाहा पाई चेपाब संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा
मकवानपुरको विकट काकंडा गाविस १ योमकचार गाँउमै पुगी जितमानका
४ छोरा मध्ये ८ वर्षका राम बहादुर र ९ वर्षीय सत्यता चेपाबलाई
उद्धार गरि केन्द्रमा ल्याएका हुन ।
उद्धार गरिएका दुबै जनालाई
आज स्थानिय पञ्चतेजज्योति राष्टिय प्राथमिक विद्यालयको कक्षा १ मा भर्ना
गरिएको केन्द्रका अध्यक्ष शर्माले बताउनु भयो।सो केन्द्रमा यस
अगाडी पनि विकट पहाडी बस्तिका विपन्न एव असाहाय ७२ जना चेपाब
वालवालिका आवासीय रुपमा आश्रय लिई नजिकैको विद्यालयमा अध्ययन
गरिरहेका छन ।
विकटका विपन्न चेपाब वालवालिकाले पढ्न नपाईरहेको
अवस्थामा यस्ता विद्यार्थिहरुको भविष्य उज्वल वनाउन सघाउने कार्य साह्रै
नै प्रसंसनिय भएको पञ्चतेजज्योति राष्टिय प्राथमिक विद्यालयका प्र
धानाध्यापक राम बहादुर मगरले बताउनु भयो।


