जनसम्पर्क समिति अमेरिकाको अधिबेशनको चटारो संगै नेतृत्व दाबेदारीमा तिब्रता I

भर्जिनिया कार्तिक २०,

विजय थापा :काँग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन आगामी नोभेम्बर २२ र २३ तारिख टेक्सासको डालस शहरमा हुने निश्चित भए पछि उम्मेदवारहरु आफ्नो दावेदारीको औचित्य पुष्टी गर्न लागि परेका छन् ।

झन्डै एक दशक लामो समय सम्म आन्तरिक कलह, गुटगत झगडा र विवादको भुमरीमा जकडिएको जनसम्पर्क समिति अमेरिकाको भविष्यको कोर्ने टेक्सास अधिवेसनले गर्ने दाबि गरिएको छ ।

नेतृत्वको दाबेदारहरुले आफ्नो पक्षमा धेरैभन्दा धेरैलाई तान्ने प्रयास स्वरुप सम्भावित उम्मेदवारहरु रणभूमिमा होमिन थालेका छन् । नेतृत्वमा जान तँछाड–मछाड हुने सम्भावना बढेर आएको छ ।

सभापतिका दाबेदारहरु क्रमस आनन्द बिष्ट ,अर्जुन बन्जाडे ,वर्तमान संयोजक बिष्णु सुबेदी, प्रमोद सिटौला, टेक्सासका कृष्ण लामिछाने ,लस एन्जलसका नबिन पोखेरल तथा न्युयोर्कका मुनिन्द्र नेम्बांग रहेका छन्  ।

सार्बजनिक रुपमा न्युयोर्कमा एक बिशेष कार्यक्रमको आयोजना गरेर आनन्द बिष्टले अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन् ।

नेपालको डोटीमा जन्मेर बिद्यार्थी कालदेखि नै कांग्रेसको राजनितीमा सकृय रहेका बिष्टले आफु कुनै गुट वा उपगुट भन्दा माथी उठेर जनसम्पर्क र काग्रेंसको हितका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै आफु कांग्रेस दलको कुनै पक्ष वा गुटको नभई म नेपाली काँग्रेसको कार्यकर्ता हुँ भने ।

बिष्टले जनसम्पर्क समिति अमेरिका कांग्रेसको भातृ संगठन भए पनि अमेरिकामा बसेका सबै नेपालीहरुसंग मिलेर उनिहरुका हितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

लामो समय सम्म चलेको आन्तरिक झगडा ,विवाद ,कलहलाई कसैले सम्हालन नसकेको जनसम्पर्क समिति अमेरिकालाई बिधिबत र संस्थागत गर्न आफुले अहम भूमिका निर्वाह गरेको दाबि गर्दै  बिष्णु सुबेदी आफुलाई एक कार्यकाल सर्वसम्मत रुपमा नेतृत्व गर्न दिईनु पर्ने अभिब्यक्ति दिएका छन् ।

उपाध्यक्ष पदका लागि भर्जिनिया शाखाका निवर्तमान सभापति केशब बरालले पनि उम्मेदवारी दिने जनसम्पर्क समिति श्रोतले जनाएको छ । अधक्ष्यको लागि अन्तिम अवस्थासम्म सर्बसम्मत जुटाइने प्रयास रहने छ नत्र चुनावी प्रक्रियाबाट नेतृत्वको चयन गर्न बाध्य हुने छौ भनि बरालले बताए ।

बरालको ४ बर्षे सभापतित्वमा अमेरिकामा रहेका जनसम्पर्क समितिमा निक्कै मजबुत र प्रभावशाली मानिने भर्जिनिया शाखाले सबै शाखा भन्दा अधिकतम कार्यक्रमहरु गरेको देखिएको छ ।

जनसम्पर्क समिति भर्जिनिया शाखाका अधक्ष्य राम शरण हुमागाई भन्छन हाम्रो परदेशमा हामी कुनै गुट र फुटमा विश्वास गर्दैनौ । अगाडी थप बोल्दै हुमागाईले भने परदेशमा हामी सबै एक हौ । बिपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त प्रति आस्थावान छौ । नेपाली कांग्रेसका सिपाही हौ  भन्दै अब अधिवेसनले एउटा मार्ग चित्र निकाल्ने छ भने कुरामा ढुक्क भएको बताए ।

यसै गरि उपाधक्ष्यमा बाल्टिमोरका नारायण थापा, चित्रा केसी र महासचिबमा सुबाश घिमिरे, बिनोद भट्ट र क्यालिफोर्नियाका धनन्जय नरसिंह केसीले आ-आफ्नो दावी प्रस्तुत गरेका छन् ।

काँग्रेस सभापति रामचन्द्र पौडेलले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने अमेरिकका एक दर्जन भन्दा बढी राज्यबाट ९०० छानिएका प्रतिनिधि मध्ये ५०० सय भन्दा अधिक प्रतिनिधि अधिबेशनमा सहभागी हुने बुझिएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com