लहान, १८ कात्तिक ,
नाबालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा जिल्ला अदालत राजविराजले एक युवकलाई चार वर्षचार महिनाको कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सप्तरीको सीतापुर गाविसकी १२ वषर्ीया बालिकालाई बलात्कार खोजेको भन्दै सीतापुर गाविस-१ निवासी ३५ वषर्ीय नागेन्द्रकुमार चौधरीलाई उक्त कैदको सजाय सुनाएको हो ।
बालिकाको लुगा च्यातेर जबर्जस्ती करणी गर्न खोजेको ठहर गर्दै अदालतले चौधरीलाई कैद सजाय सुनाएको पीडित बालिकाका कानुन व्यवसायी अशोककुमार चौधरीले जानकारी दिनुभयो । काम विशेषले आफू र आफ्नी श्रीमती लहान गएको मौका छोपी पानी माग्ने बहानामा घरभित्र लगी चौधरीले आफ्नी १२ वषर्ीया नाबालिकालाई २०७० साउन १० गते जबर्जस्ती करणी गरेको भन्दै पीडित नाबालिकाका पिताले जिल्ला अदालतमा चौधरीविरुद्ध मुद्दा दायर गरेको थियो ।
यसअघि उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै २०७० मङ्सिर २७ गते जिल्ला अदालत राजविराजले अभियुक्त चौधरीलाई थुनामा राखी पर्ुपक्ष गर्न दिएको आदेशलाई पुनरावेदन अदालत राजविराजले उल्टाउँदै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
पुनरावेदन अदालत राजविराजका न्यायाधीश बलराम विष्ट र मोहनबहादुर कार्कीको संयुक्त इजलासले पीडित नाबालिकाको यौनाङ्गमा कुनै चोटपटक नदेखिएको तथा प्रतिवादी चौधरीले घटनामा संलग्नता अस्वीकार गर्दै वारदातको समयमा बिरामी भई वीरअस्पताल काठमाडौँमा उपचाररत रहेको भनी अस्पतालको डिस्चार्ज टिकटसमेत पेस गरेकाले जिल्ला अदालत राजविराजले पर्ुपक्षमा राख्न दिएको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्न आदेश थियो ।
तर पुनरावेदन अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै पीडित बालिकाका बुबाले महान्यायाधिवक्ताको कार्यालयमार्फ सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । पीडितको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत राजविराजको फैसलालाई उल्टाउँदै अभियुक्तलाई पर्ुपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । रासस: