इलाम, १८ कात्तिक,
जिल्ला कृषि विकास कार्यालयले स्वरोजगार बन्न चाहने युवायुवतीका लागि युवालक्षित कार्यक्रम सुरु गर्ने भएको छ । बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले कार्यालयले सो कार्यक्रममार्फ अनुदान उपलब्ध गराउने भएको हो ।
कार्यालयले मत्स्यपालन, तरकारी तथा च्याउखेती र मौरीपालन व्यवसाय गर्न युवायुवतीलाई रु ४० हजारदेखि रु दर्ुइ लाखसम्म अनुदान उपलब्ध गराउन लागेको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताउनुभयो । चारजनालाई मत्स्यपालनका लागि पोखरी निर्माणमा रु दर्ुइ लाखका दरले रु आठ लाख र माछाका भुरा खरिद गर्न रु ५० हजारका दरले रु दर्ुइ लाख अनुदान दिने भएको छ ।
त्यसैगरी मौरीपालन, तरकारी र च्याउखेती गर्न चाहने ६० जना युवायुवतीलाई जनही रु ४० हजारका दरले रु २४ लाख प्रदान गरिने डाँगीले बताउनुभयो । यसका लागि स्वरोजगार बन्न चाहने युवायुवतीबाट धमाधम प्रस्ताव आहृवान गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाका छवटा सेवा केन्द्र र जिल्लास्थित मुख्य कार्यालयबाट सूचना जारी गरी प्रस्ताव आहृवान गरेकोमा अहिले धमाधम प्रस्ताव आउन थालेको बताइएको छ । बर्सर्ेे युवायुवती बिदेसिने क्रम बढ्दै गएपछि उनीहरूलाई व्यवसायमा आबद्ध गर्राई स्वदेशमै रोजगार बनाउन सरकारले युवा लक्षित कार्यक्रम ल्याएको डाँगीको भनाइ छ । रासस: