जाजरकोट, २५ कात्तिक ,
आगामी पुस ११ देखि १७ गतेसम्म जाजरकोटमा पहिलो पटक महोत्सव आयोजना हुने भएको छ ।
स्थानीय उत्पादन र सांस्कृतिक चिनारीको आदानप्रदान गरी जिल्लामा व्यावसायिक व्यापारीकरण र पर्यटन पर््रवर्द्धनमा सहयोग पुर्याउन महोत्सव आयोजना गर्न लागिएको हो ।
जाजरकोट उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला विकास समिति, जिल्लाका ३० वटै गाविस र अन्य क्षेत्रको सहकार्यमा महोत्सव आयोजना हुन लागेको उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले बताउनुभयो । उहाँले जिल्लामा उत्पादन हुने कृषिजन्य वस्तु, खनिज एवम् जडीबुटीको व्यावसायिक उत्पादन र स्थानीय लोकसंस्कृतिको जगर्ेना गरी आत्मनिर्भर जाजरकोट निर्माणको अभियान सफल पार्न महोत्सव आयोजना गरिएको बताउनुभयो ।
महोत्सवको आकर्षाका रुपमा जिल्लाका विभिन्न उत्पादन, लोक सांस्कृतिक झाँकी र मुलुकमा निकै चर्चा कमाएका कलाकारहरुको प्रस्तुति हुने आयोजकले जनाएका छन् ।
पुस ११ देखि १७ गतेसम्म सप्ताहव्यापी महोत्सवका बेला जिल्लाको चिनारीसँग जोडिएको वारेकोटको गाभा, डाँडागाउँको कार्तिके मह, सरुगारको माछा, दम्दालाको सुन्तला, पाँचकटिया र मछाइनाको आलु, सिस्नुको धुलो तथा स्थानीय पैसेरी नाच्ा, ढिमेको ऐतिहासिक खाँडो नाच, सिंगारु नाच, ख्याली नाच, देउडा नाचलाई प्रमुख आकर्षाका रुपमा राखिएको महोत्सव आयोजक समितिका सदस्य राजेन्द्र कार्कीले बताउनुभयो उहाँले ‘मेरी बास्सै’ टेलिशृङ्खलाका कलाकार तथा लोकदोहोरीको क्षेत्रमा निकै ख्याति कमाएका कलाकारहरुको प्रस्तुति पनि मुख्य आकर्षाका रुपमा रहेको बताउनुभयो ।
महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमानबहादुर खड्काको अध्यक्षतामा जिल्लाका सबै सरकारी कार्यालय, ३० वटै गाविस, पत्रकार, गैरसरकारी सङ्घसंस्था, जिल्लामा क्रियाशील राजनीतिक दल, व्यापारी र अन्य सरोकारवाला सम्मिलित १७१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने महोत्सवको विशेष तयारीका लागि एक सचिवालयसमेत बनाइएको छ । विभिन्न उपसमितिहरु बनाएर कार्य तीव्रताका साथ अघि बढाइएको मूल समारोह समितिका संयोजक कमानबहादुर खड्काले बताउनुभयो ।
महोत्सवले जिल्लाको पर्यटन तथा कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पुग्ने भएकाले सबै क्षेत्रलाई सहयोगका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । खड्काले महोत्स्ावमा आफ्नो व्यापार व्यवसायको प्रचारप्रचार गरी फाइदा लिन चाहने विभिन्न व्यापारिक कम्पनीहरुलाई प्रायोजक भएर सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ । जाजरकोट महोत्सवलाई जाजरकोट, रुकुम, सल्यान, डोल्पा, र्सर्ुखेत दैलेख तथा अन्य जिल्लाका एक लाख जनताले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएका छन् ।
सडक विद्युत् तथा अन्य क्षेत्रको विकासमा निकै पछि परेको जाजरकोट जिल्लाको विकासमा महोत्सवले एउटा अवसर प्रदान गर्ने सरोकारवालाहरुको प्रतिक्रिया रहेको छ ।
स्थानीय उत्पादनलाई व्यावसायिक रुपमा निर्यात गर्न सके जिल्लामा रोजगारीको अवसर सिर्जना हुने र जिल्लाको विकासमा समेत सहयोग पुग्ने स्थानीय व्यापारी बुद्धिबहादुर खत्रीले बताउनुभयो । महोत्सवको आयोजनाले जिल्लाको विकासको बाधकका रुपमा रहेको ११ वर्षेखि अलपत्र भेरीको पुल र केन्द्रीय विद्युत् लाइन विस्तारको समस्यालाई केन्द्रसम्म पुर्याउन सहयोग मिल्ने खत्रीले बताउनुभयो । रासस: