'' गजल '' By मानन्धर अभागी
कस्तो दिन आइप¥यो जानाजानी मार्नु प¥यो
जस्को अन्त्य गरेपछि नून त्यो वार्नु प¥यो
कयौं उपचार ग¥यौं घटेन पीडा बढ्दै गो
हामी सव परिवारले रुँदै आँशु झार्नु प¥यो
कस्तो निर्दयी रहेछ फगतः त्यो भगवान्
नचाहँदा नचाहँदै हामी सवै हार्नु प¥यो
पशु विचराको के दोष जसले मुक्ती पाएन
तड्पाइ राख्नु भन्दा मृत्यु वरु स्वीकार्नु प¥यो
कुकुर भएर के गर्नु मान्छे भन्दा इमान्दारी
यसरी नै विचरीले कर्मको लेखो टार्नु प¥यो ।
मानन्धर अभागी