चितवन,रत्ननगरकार्तिक १९,
शिशिर सिंखडा : फिल्म भेटी र लफडा निर्माण गरेका रत्ननगर निवासी निर्माता नार ायण खतिवडाको तेश्रो फिल्म मेरो मान्छेको शुभमुर्हत गरिएको छ । शुभमुर्हतसंगै चित्रसारीबाटै फिल्मको छायाँकन सुरु गरिएको छ ।
चितवनको चित्रसारीमा रहेको चित्रसेन बाबा मन्दिरमा निर्माता नारायण खतिवडाले नरिवल फुटाएर फिल्मको शुभमुर्हत गरेका हुन । चित्रसेन बाबा मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्ममा राज सरगमले निर्देशन गरेका छन् । शुभमुर्हत कार्यक्रममा निर्माता खतिवडाले मेरो मान्छेलाई भेटि र लफडाभन्दा राम्रो बनाउने दाबी गरे । प्रेमकथामा आधारित भएकाले फिल्म युवापुस्तामा लोकप्रिय वन्ने उनको भनाई छ ।
फिल्मको करिब एक महिनामा छायांकन सक्ने निर्देशक राज सरगमले वताए । फिल्मको चितवनमा ५० प्रतिशत छायांकन हुनेछ । बाँकी छायांकन पोखरा,नवलपरासी,हेटौडा,काठमाण्डौ लगायतका स्थानमा हुनेछ । फिल्ममा नायक दिपक ढकाल र अनिल अधिकारी तथा नायिकामा सगुन शाही र स्मीता थपलियाको भुमिका रहने छ ।
त्यसैगरी सुरबीर पण्डीत,गणेश उप्रेती, रमेश लोहोनी,रबिन कथायता, राज यादब ,आजाद खान लगाएतका कलाकारको पनि अभिनय र हने जनाईएको छ । नायक अनिल अधिकारी र कलाकार रमेश लोहनी रत्ननगरका सफल व्यवसायी समेत हुन् । यस भन्दा अघि म्युजिक भिडियोमा अधिकारी र लोहनीले अभिनय गरिसकेका छन् ।
निर्देशक सर गमले फिल्ममा माया प्रेमको बिषयबस्तु लाई कलात्मक तरिकाले दे खाउन खोजेको जानकारी दिए । फिल्ममा शाइमन राजबंशी र राम रिमालको नृत्य निर्देशन ,शंकर महर्जन को द्धन्द्ध निर्देशन रहनेछ भने संगीत अर्जुन पोखरेलको रहेको छ ।