इलाम र पाँचथर सीमामा आगलागी I

इलाम कार्तिक १९,

आगलागीबाट इलाम र पाँचथरतर्फा गरी चारवटा घर जलेर नष्ट भइसकेको जानकारी स्थानीयवासीले दिएका छन् । स्थानीय विष्णु मुखियाको घरबाट अचानक विद्युत् र्सट भई आगलागी हुँदा प्रेम चेम्जोङ, कर्ण्र्ााुरुङ, नेत्र लामिछाने र मुखियाको घर जलेर नष्ट भएको स्थानीय बासिन्दा शिरी विष्टले जानकारी दिनुभयो ।

अहिले स्थानीय राजेन्द्र गौतमको घरमा आगलागी भइरहेको बताइएको छ । सो आगलागी नियन्त्रण गर्न स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लागिपरेको बताइएको छ ।

मुख्य बजारमा नै आगलागी भएका कारण मेची राजमार्गअर्न्तर्गत पाँचथरबाट इलामतर्फर एकतप्पा, आमचोक, फाकफोक, एकतप्पा, चमैता, यासोक र रबीबाट आउने सवारीसाधन ठप्प भएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com