चितवन ३० कार्तिक
होमनाथ सापकोटा
:
चितवनको रत्ननगरका विभिन्न सात वटा सुकुम्वासीवस्तीमा सामुहिक धारा जडान
गरिएको छ । लुमन्ती आवासका लागी सहयोग समुह रत्ननगरले सुकुम्वासीहरुलाई
पानीको सहज उपलव्धता र स्वच्छ पानीको व्यवस्था गर्न धारा जडान गरेको हो ।
लुमन्तीले वडा नम्वर १३ मा रहेको प्रगती सुकुम्वासी टोलमा १४ वटा,वडा नम्वर
१३ कै उन्नती सुकुम्वासी टोलमा ३ वटा,दोभान सुकुम्वासी टोलमा १२
वटा,पशुहाट वजार सुकुम्वासी टोलमा ९ वटा धारा जडान गरिएको लुमन्तीका
कार्यक्षेत्र संयोजक सिंहवहादुर लामाले जानकारी दिनुभयो । त्यसैगरी पारीश्रमिक
सुकुम्वासी टोलमा २ वटा,शितलवुढी कुलो सुकुम्वासी टोलमा ५ वटा र डाँफे
मुनाल सुकुम्वासी टोलमा ३ गरी ४८ वटा सामुहिक धारा जडान गरिएको उहाँले
जानकारी दिनुभयो ।
धारा जडानका लागी लुमन्तीले १ लाख ५० हजार लगानी
गरेको लामाले वताउनुभयो । खानेपानीका लागी पाईप लाईन विस्तारका लागी
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, रत्ननगर नगरपालिका,टिकौली
सामुदाकिय वन र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनले सहयोग गरेको
लामाले वताउनुभयो ।