कार्यकारी नहुँदा समस्या I

चितवन कार्तिक ३० ,

चितवनको रत्ननगर नगरपालिकामा कार्यकारी अधिकृतदेखी शाखा प्रमुखहरु नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । दैनिक कामका लागी आउने सेवाग्राहीहरु कार्यकारी अधिकृत नारायणप्रसाद पाण्डे नहुँदा हस्ताक्षर गर्नबाट वञ्चित भएपछि मर्कामा परेका हुन् ।

नगरपालिकाका कार्यकारी अधिकृत आज भरतपुर जानु भएको छ भने लेखा अधिकृत विदामा हुनुहुन्छ । नगरपालिकामा सेवा लिन आएका स्थानिय सेवाग्राही गणेश पौडेलले कार्यालयका प्रमुख नहुँदा काम नभई फर्कन परेको वताउनुभयो ।

उहाँले आफु लगायत अन्य सेवाग्राही आजै गर्नु पर्ने काम नवन्दा समस्यामा परेको वताउनुभयो । आजै सुकुम्वासीहरुका लागी फाराम भर्ने अन्तिम दिन पनि भएकाले सेवाग्राहीको चाप देखिन्थ्यो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com