सशस्त्र प्रहरी वलले १४ औं स्थापना दिवस मनायो I

चितवन ३० कार्तिक

होमनाथ सापकोटा :  सशस्त्र प्रहरी वल गणीमाई गण भण्डाराले आज १४ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गणले विभिन्न प्रतियोगिता र कार्यक्रम गरेको थियो । 

गणका गणपति राजु अधिकारीको प्रमुख आतिथ्यतामा आज दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिता तथा पुरस्कार वितरण गरिएको छ । दिवसको अवसरमा गणले फुटवल प्रतियोगिता,भलिवल प्रतियोगिता,व्याडमिन्टन प्रतियोगिता,खुल्ला घैटो फुटाई प्रतियोगिता,म्युजिकल चियर प्रतियोगिता,दौड र रस्सी तान्ने प्रतियोगिता गरेको थियो । 

खुल्ला घैटो फुटाई प्रतियोगितामा पत्रकार धु्रवराज खनालले घैटो फुटाउन सफल हुनुभयो । विजेता खनालसहित अन्य खेलाडीहरुलाई विषेश समारोहकाबीच आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ । समारोहमा गणका गणपति राजु अधिकारीले शशस्त्र प्रहरी वल जनताको सुरक्षाका लागी सदैव तयार रहेको भन्दै जनताको साथ र सहयोग चाहिने वताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com