विराटनगर, २४ कात्तिक ,
पर्ूवाञ्चलका विभिन्न स्थानमा बम विस्फोटन गराउन तयारी अवस्थामा रहेको विस्फोटक पदार्थसहित १० जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ र्सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी मोरङ वयरवन-८ का मानबहादुर माझी, पर्वत तामाङ, आशिष लिम्बू, र्दोजे तामाङ, मनोज विश्वकर्मा, विश्व विश्वकर्मा, सुमन लिम्बू र कुमार लिम्बू, मोरङ आयाबारीका कविराज लिम्बू तथा झापा सतासिधाम झिलझिलेका चन्द्र लिम्बूलाई र्सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरूका साथबाट बम विस्फोटका लागि प्रयोग हुने २२ थान डेटोनेटर, डेढ केजी बारुद, ३१ विस्फोटक पदार्थ, प्रेसर कुकरलगायत सामान बरामद गरेको पत्रकार प्रहरी उपरीक्षक ठूले राइले बताउनुभयो । रासस: